सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ


प्रशासन संवाददाता

३ फाल्गुन २०७५, शुक्रबार


विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भने ।

उनले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिए । मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना विल्कुलै नयाँ भएपनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पारे।

उनले सुशासनमा कसैसँग सम्झौता नगर्ने बताउँदै प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई मासिक रु ५ हजार घर–घरमै गएर प्रदान गरिने घोषणा गरे । सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटोमा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गरे ।

मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययीता अपनाएकाले विकास कार्यमा मद्दत पुग्ने विचार व्यक्त गरे ।

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो ।
ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो।

यसैगरी प्रदेश सरकारले एक वर्षको अवधिमा उत्कृष्ट कार्य गर्ने सचिव यज्ञबहादुर खत्री, प्रल्हाद सापकोटा, उपसचिव रवीन्द्र आचार्य, मनोजकुमार यादव, अनिरुद्रप्रसाद साह, खड्गप्रसाद चुँडाललगायत दुईदर्जन कर्मचारीलाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस