२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक शिक्षाका लागि डेढ करोड सङ्कलन

अ+ अ-

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ ।

विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब रु एक करोड ५३ लाख जम्मा भएको विद्यालयका लेखापाल उमनाथ गौतमले बताए ।

विद्यालयले यही फागुन १० देखि १२ गतेसम्म तीन दिन स्वर्ण महोत्सव मनाउँदैछ । गाउँपालिका, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ/ सार्दीखोला, वन व्यवस्थापन समिति साविक वडा नं १ लगायत संघसंस्था तथा व्यक्तिबाट स्वेच्छिक रकम सङ्कलन गरिएको उनले बताए ।

विद्यालयले रु १ करोड ७० लाख सङ्कलन गर्ने र कम खर्चमा स्वर्ण महोत्सव सम्पन्न गरी बचत रकम प्राविधिक शिक्षा सञ्चालनमा उपयोग गर्ने योजना बनाएको लेखापाल गौतमको भनाइ छ ।

कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा हाल ६३० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले कक्षा ११ मा शिक्षा र व्यवस्थापनका कक्षा सञ्चालन गरेपनि रोजगारमूलक शिक्षाको लागि प्राविधिक विषयको पठनपाठन शुरु गर्ने योजना विद्यालयले बताएको छ ।

सिटिइभिटीएअन्तर्गत डिप्लोमा तहका प्राविधिक विषयका कक्षा विद्यायलमा सञ्चालन गर्ने योजना बनाएको प्रधानाध्यापक सन्तोष आचार्यले बताए ।

उनले भने, ‘कक्षा १२ पास भएका विद्यार्थी पनि लामो समय बेरोजगार भएर भौंतारिएका छन् । अब सीप सिकेर आफैँले आर्यआर्जन गर्नसक्ने रोजगारमूलक शिक्षा अध्यापन गर्दछौँ’ रोजगारमूलक शिक्षा समयको माग भएको र मागअनुसारका जनशक्ति उत्पादन गर्ने सोच विद्यालयले राखेको उनले बताए ।

‘प्राविधिक शिक्षा सञ्चालन गर्ने हाम्रो उद्देश्य हो । के विषय पठनपाठन गर्दा उपयुक्त हुन्छ । सबैको सल्लाह राय सुझावसहित अघि बढ्छौँ । ’ आचार्यले भने । विद्यालयले सकभर छिमेकी वडामा नभएको र छिट्टै रोजगारी प्राप्त गर्ने विषयका कक्षा सञ्चालन गर्ने बताएको छ ।

स्वर्णमहोत्सवको अवसरमा विद्यालयले गाउँपालिका तथा वडास्तरीय हाजिरी जवाफ,भलिबल तथा लोक दोहोरीलगायतका प्रतियोगिता सम्पन्न गरेको विद्यालयले जनाएको छ । स्वर्णमहोत्सवको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस