२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

“गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस्”

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार निर्मूल पार्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धता आजको आवश्यकता भएको बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले गौरवशाली इतिहास र भावी पुस्ताको सुन्दर भविश्यमा कुनै धब्बा नलागोस् भन्ने विषयलाई हृदयङ्गमन गरी परिवार, समाज र राष्ट्रबाट भ्रष्टाचारजन्य प्रवृत्तिलाई छिटोभन्दा निर्मूल पार्नु जरुरी भएको बताइ्न्।

उनले सबैको समन्वयात्मक प्रयासबाट मात्र भ्रष्टाचर नियन्त्रण र सुशासन अभिवृद्धि गर्न सकिने बताइन् । नवीन प्रविधि र परिवर्तित प्रवृत्तिका कारण चुनौती थपिँदै गएको अवस्थामा भ्रष्टाचार संस्थागत हुनु चिन्ताको विषय भएको उनले स्पष्ट पारिन् ।

भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय भएको बताउँदै उनले गैरकानूनी तवरबाट आर्जित धन सम्पत्तिले क्षणिक लाभ भए पनि अन्तत्वगत्वा यसले सामाजिक, आर्थिक र मानसिक रुपमा नकारात्मक असर पार्दछ भन्ने तथ्यलाई सबैले मनन गर्नुपर्ने बताइन्।

‘‘विष वृक्ष जस्तै भ्रष्टाचार पीडादायी हुनुका साथै यो जति बढ्दै जान्छ उति नै नियन्त्रण गर्न कठिन हुँदै जान्छ र समाजका हरेक पक्षलाई तहस नहस बनाउँदै जान्छ” उनले भनिन् । राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर सेवा गर्ने शपथ लिएको सार्वजनिक पदाधिकारी तथा कर्मचारीले नैतिकता, निष्ठा र प्रतिबद्धता तथा कर्तव्यपरायणताका साथ जिम्मेवार भई कार्य गरेमा राज्य संरचनाप्रतिको जनविश्वास अभिवृद्धि हुनाका साथै जनअपेक्षाअनुरुप मुलुकमा सुशासन र समृद्धि हासिल हुन सक्ने बताइन् ।

नेपाल भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिको पक्ष राष्ट्र भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यसबाट सिर्जित दायित्व निर्वाहका लागि आवश्यक कानूनी, नीतिगत र संस्थागत प्रबन्ध गरी प्रभावकारी रुपमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवं सरोकारवाला सबैको सहयोगको खाँचो भएको बताइन् ।

उनले भ्रष्टाचारको स्वरुप र शैलीमा पनि परिवर्तन हुँदै गएको हुँदा नवीनतम् प्रविधिको प्रयोग गर्दै आयोगले आफ्ना गतिविधिलाई परिमार्जन गर्दै भ्रष्टाचार नियन्त्रणमा अझ सक्रिय र सबल भई अगाडि बढ्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले आयोगका कामकारवाहीबाट विनियोजित स्रोत साधनको सदुपयोग गर्न तथा सरकारी सम्पत्तिको संरक्षण गर्न महत्वपूर्ण योगदान पुग्ने बताइन्।

भ्रष्टाचारजन्य कार्यपछि हुने दण्डात्मक कारवाहीले मात्र अतुलनीय क्षतिको पूर्ति हुन नसक्नेतर्फ सचेत गराउँदै राष्ट्रपतिले भ्रष्टाचार भइसकेपछि कारबाही गर्नेभन्दा भ्रष्टाचार हुनै नदिने अवस्थाको सिर्जना गर्नुपर्ने बताइन् ।

राष्ट्रपतिले आयोगले आगामी दिनमा निष्ठापूर्वक, सक्रिय रही संवैधानिक भूमिका निर्वाह गर्ने अपेक्षासमेत व्यक्त गर्दै उनले समाजका विभिन्न क्षेत्र, तह र तप्काबाट अपेक्षा गरिएका नागरिकका आशा, भरोसा र विश्वासलाई पूर्रा गर्न सफल हुने शुभकामना व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस