महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन/कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएकी छन् ।

एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस ९मार्च ८० लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याइन्।

‘यस पटकको दिवसमा सन्देश मूलक सामग्रीलाई स्थानीय तहसम्म पुर्‍याउनुपर्छ, त्यसका लागि सबै तहबाट सहयोगको अपेक्षा गर्दछु’, मन्त्री थापाले भनिन् ।

मन्त्रालयका सचिव बुद्धिबहादुर खड्काले अन्तर्राष्ट्रिय नारी दिवसका सन्देश प्रचारप्रसार गर्न आमसञ्चार माध्यमसँग आग्रह गरिन् । बैठकमा सहभागी विभिन्न संघ/संस्थाका प्रतिनिधिले यस दिवसलाई विगतका भन्दा फरक ढङ्गबाट मनाउन सुझाव दिइन् ।

फ्रान्सको राज्य क्रान्तिका बेला ग्रीसकी महिला लाईसिसट्राको नेतृत्वमा पहिलोपटक पटक आयोजित महिला आन्दोलनलाई स्मरण गर्दै सन् १९१० मार्च ८ तारिखबाट यो दिवस मनाउन थालिएको हो ।

त्यस दिन चीन र ब्राजिललगायत अन्य देशका महिलले पनि महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेद हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस