२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकीय गन्तव्य बन्न सकेन् शुक्लाफाँटा

अ+ अ-

भीमदत्तनगर । वन्यजन्तुदेखि सीमसार क्षेत्रसम्मको जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझै बाह्य पर्यटकको गन्तव्य बन्न सकेको छैन ।

विगतभन्दा केही वर्षयता घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको भएपनि प्रसार/प्रसारको अभावमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्य पर्यटकको गन्तव्य बन्न नसकेको हो । शुक्लाफाँटाभित्रको विविधता अन्तर्राष्ट्रियस्तरमा चिनाउन नसक्दा यहाँ भरपूर पर्यटक ल्याउन सकिएको छैन ।

थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा र हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटामा भौगोलिक कारणले पनि पर्यटक काम आउने गरेको बुझाइ छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडेलले मुलुकका अन्य पर्यटकीय क्षेत्रमा आउने पर्यटकलाई शुक्लाफाटा ल्याउनका लागि समन्वयको अभाव रहेको बताए । “यस्तो विविधता रहेको निकुञ्जमा पनि यसप्रकारका हेर्नलायक ठाउँ र वन्यजन्तु छन् भनेर पर्यटकलाई काठमाडौँमा जानकारी दिन सके फलदायी हुन्छ’, उनले भने, ‘प्रचारप्रसारसंगै यहाँ होटल व्यवसायको विकास पनि आवश्यक देखिन्छ ।’

सीमसार क्षेत्र र निकुञ्जभित्र ऐतिहासिकस्थल समेत रहेको शुक्लाफाँटासँगै जोडिएका दुई वटा होमस्टे र एउटा रिसोर्ट छन् । वार्षिक तीन हजारको सङ्ख्यामा यहाँ आन्तरिक तथा बाह्य पर्यटक भ्रमणका लागि आएको निकुञ्ज कार्यालयले जनाएको छ । महाकाली नदीमा निर्माणाधीन पक्की पुल बने भारतलगायत तेस्रो मुलुकबाट यहाँ पर्यटकको आवागमन बढ्ने आशा गरिएको छ ।

‘काठमाडौंबाट भूगोलका हिसाबले पनि शुक्लाफाँटा टाढा भन्ने भयो ।’ प्रमुख संरक्षण अधिकृत पौडेलले भने, ‘अन्य निकुञ्जमा आउने पर्यटकलाई यहाँ ल्याउन पहलकदमी हुन सकेको छैन ।’शुक्लाफाँटा निकुञ्जभित्र ५४ वर्ग किलोमिटरमा फैलिएको घाँसे मैदानमा दुर्लभ बाह्रसिङ्गेको झुण्ड यहाँको मुख्य आकर्षक भएको निकुञ्ज कार्यालयको भनाइ छ ।

विसं २०३१ मा स्थापना भएको निकुञ्जको सुरक्षाका लागि नेपाली सेनाको देवीदल गण खटिएको छ । गणले पनि वन्यजन्तु संरक्षणका लागि केही महीनाअघि देखि विशेष कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत केही स्थानबाट तस्करीका काठ नियन्त्रणमा लिइएको छ ।

शुक्लाफाँटा निकुञ्जसंगै यहाँको महाकाली नदीमा अवस्थित एशियाकै लामो झोलुङ्गे पुल, झिलमिला ताल, बेदकोट ताल, लिङ्गालगायतका पर्यटकीय क्षेत्र छन् । यहाँको बेदकोट नगरपालिकाले पर्यटीय क्षेत्रको विकास एवं विस्तारका लागि गुरुयोजनासहित अघि बढेको नगरप्रमुख अशोककुमार चन्दले बताए ।

‘बेदकोटको भ्यूटावरदेखि लिङ्गाका मठमन्दिरसम्म पुग्ने सडकको स्तरोन्नतिको काम नगरपालिकाले गरेको छ’, उनले भने, ‘यहाँको पर्यटकीय क्षेत्रको विकासका लागि सबैको हातेमालो जरुरी छ ।’ त्यसैगरी भीमदत्तनगरपालिकाको उत्तरमा रहेका झिलमिला धार्मिक क्षेत्रको विकासमा पनि भीमदत्तनगरपालिका सक्रियताका साथ लागेको छ । झिलमिलासम्म जाने सडक कालोपत्र गर्ने कार्य भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघले पनि विगत लामो समयदेखि यहाँको पर्यटकीय क्षेत्रको पहिचान र विस्तारका लागि कार्य गरिरहेको संघका अध्यक्ष जङ्गबहादुर मल्लले जानकारी दिए । ‘यसक्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार एवं सम्र्वद्धनका लागि संघले २०५७ सालदेखि नै लागेको छ’, अध्यक्ष मल्लले भने, ‘यहाँको सम्भावनाको खोजी गरी पर्यटकीय हब बनाउन पर्यटन बोर्डको पनि ध्यान जानुपर्छ ।’ यहाँका पर्यटकीय क्षेत्र सबैको रोजाइमा पार्न पहल गर्नुपर्नेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस