२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय जातको आलुको माग उच्च

अ+ अ-

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान स्थानीय जातका आलु ‘घरैया’ को संंरक्षणमा जुटेका छन् ।

खानमा स्वादिलो र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थमा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । संरक्षणका लागि उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा घरैया जातका आलु खेती गरेका छन् ।

घरैया आलुको माग बढेपछि लगाउन छाड्दै गएको आलु पुनः लगाउन थालिएको स्थानीय किसान रामसिंह चौधरीले बताए । ‘बजारमा विकासेभन्दा स्थानीय जातकै आलुको माग बढ्न थालेपछि यो जातको आलु खेतमा लगाउन थालेका हौं’ उनले भने । गाउँका ७० जना किसानले स्थानीय जातको घरैया आलु रोपेका छन् ।

उन्नत जातका टिपिएस, कार्डिनल लगायतका आलुको बजार मूल्य प्रति किलो रु १५ देखि रु २० रहेको छ । तर थारु समुदायका व्यक्तिले पूर्खौदेखि रोप्दै आएका घरैया आलु प्रतिकिलो रु ५५ देखि रु ६० मा सहजै बिक्री हुने गरेको छ ।

थारु समुदायले लगाउने भएकाले यस आलुलाई थारु आलुका नामले पनि चिनिने गरिन्छ । थोरै क्षेत्रफलमा घरैया आलु रोपिने भएकाले मागअनुरुप उत्पादन गर्न नसकिएको स्थानीय किसान लालबहादुर चौधरीले भने। ‘बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्‍याउनै सकिदैन’, उनले भने ।

परम्परागत रुपमा जैविक विधिको प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवा लगायतका रोग सहनसक्ने क्षमता भएकाले यस आलुको माग बढ्दो छ ।

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधिको प्रयोग हुनथालेपछि विगतको तुलनामा केही ठूलो दाना हुने गरेको छ ।

‘विगतमा ड्याङ बनाएर रोप्ने गरेकाले थोरै उत्पादन हुने स्थानीय जातको आलुलाई हाल आधुनिक तरिकाले नाली बनाएर रोप्न थालेपछि उत्पादन बढको छ । सिँचाइ गर्न समेत निकै सहज भएको छ’, जानकीदेवी डगौराले भने ।

माग बढ्दै गएकाले अर्को वर्ष १० कठ्ठा जग्गामा सो आलु लगाउने योजना रहेको उनले बताए । ‘विकासे आलुको उत्पादन बढी हुने भएकाले स्थानीय जातको आलु लगाउन छोड्दै गएका थियौं’, तिलबहादुर डगौराले भने, ‘बजारमा भारतीय आलुसँग प्रतिस्पर्धा गर्न नसक्दा लागत खर्चनै नउठ्ने गरी बेच्नु परेको अवस्थामा ग्राहकले घरैया आलुनै माग्न थालेपछि यसको खेती विस्तार गरेका छौं ।’

किसानले स्वस्फूर्त रुपमा स्थानीय जातको आलुको खेती बढाउन थालेपछि उनीहरुको मनोबल बढाउन सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले वडा कार्यालयको अनुरोधमा यहाँका दर्जन भन्दा बढी किसानलाई बीउमा अनुदान रकम प्रदान गरेको छ ।

स्थानीय जातको आलु संरक्षण र विस्तारका लागि प्रदेश सरकारले रु एक लाख ५० हजार अनुदान रकम उपलब्ध गराइएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

विकासे आलुको माग घट्दो रुपमा रहेकाले यस क्षेत्रका किसानले अर्को वर्षदेखि स्थानीय जातको आलु बढीभन्दा बढी जग्गामा रोप्ने भएका छन् चौधरीले भने, ‘स्थानीय जातको आलुको बढ्दो माग र आकर्षक बजार मूल्यका कारण किसानहरु यसप्रति बढी आकर्षित भएका छन् ।’

स्थाानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया आलु २० किलो बीउमा एक क्विन्टल बढी उत्पादन हुने गरेको छ । यसवर्ष पिपलाडी गाउँमा मात्रै १६० क्विन्टलभन्दा बढी स्थानीय जातको घरैया आलु उत्पादन भएको छ । स्थानीय जातको आलु रोप्ने ७० जना किसानले रु सात लाखदेखि रु १० लाखसम्मको आलु बिक्री गरेका छन् ।

प्रतिक्रिया दिनुहोस