३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन समायोजन शुरु

अ+ अ-

काठमाडौं । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत भएको हो ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्न सदनमा पेश भएको सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तापक्षका सांसदले राजनीति सङ्क्रमणको अन्त्य नभएसम्म कर्मचारीको व्यवस्थापन केन्द्र सरकारकै मातहतमा सञ्चालन हुनुपर्ने बताए ।

छलफलमा प्रतिपक्षी दलका सांसदले सदनमा प्रस्तुत विधेयकले कर्मचारीको खटनपटनलाई संघबाट सञ्चालन गर्नु विकेन्द्रीकरणको विरुद्ध भएको आरोप लगाए। सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री अधिकारीले तीन तहबीचको अन्तरसम्बन्धलाई प्रभावकारी बनाउन संघबाट कर्मचारी समायोजन गर्नुपरेको जानकारी दिए ।

उनीहरुले ७७ हजार ३४ कर्मचारीले समायोजनमा जान रोजेको जानकारी दिँदै राजनीतिक सङ्क्रमणको अन्त्यपछि कर्मचारीको आवश्यकता, नियुक्ति तथा खटनपटन गर्न पाउने अधिकार प्रदेश तथा स्थानीय सरकारले ऐन बनाई कार्यान्वयन गर्न सक्ने बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्र्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वरजङ्ग गहतराज, सरिता गिरी, सञ्जयकुमार गौतम, दिलेन्द्रप्रसाद बडू, भरतकुमार शाह, गजेन्द्रबहादुर महत, खगराज अधिकारी, यशोदा सुवेदीलगायतले भाग लिएका थिए । प्रतिनिधिसभाको अर्को बैठक माघ २९ गते अपराह्न १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस