३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद विमला नेपालीले नेपालको संविधानको धारा ४० अन्तर्गत दलितको हक र त्यसैको उपधारा– ५ मा भूमिहीन दलित समुदायलाई एक पटक जमीन उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।

सांसद महेश बस्नेतले काठमाडौँको वाग्मती लगातयका नदीनालाको सरसफाइ गर्दै प्लास्टिकका कारण झन फोहर बढ्दै गएको सन्दर्भमा त्यसको सही व्यवस्थापन गर्न माग गरे ।

सांसद महेश्वरजङ्ग गहतराजले बाँके जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न दोषीलाई कारवाही गर्न माग गरे ।

सांसद मीना सुब्बाले रोजगारीको सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा पुगेका महिलालाई बन्धक बनाएर राखेको भन्दै त्यसबारे चासो देखाउन सरकारसँग अपिल गरे ।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा चट्याङका कारण मृत्यु भएका परिवार र घाइतेलाई उचित क्षतिपूर्तिको माग गरे ।

सांसद यशोदा सुवेदीले लमजुङको वेँसीशहरबाट मनाङको सदरमुकाम चामेसम्मको सडक खण्ड अन्तर्गत स्यान्तुङ खोलामा ठूला ठूला ढुङ्गा खसेर बाटो अवरुद्ध भएको बारे सरकारको ध्यानाकर्षण गराए ।

सांसद रङ्गमती शाहीले हुम्ला जिल्लामा समयमा खाद्यान्न नपुग्दा जनता सास्ती खेप्न बाध्य हुनुपरेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद राजेन्द्रकुमार केसी र रामबहादुर विष्टले मुलुकको शान्ति, सुरक्षा र बढ्दै गएको भ्रष्टाचार न्यूनीकरणका विषयमा आवश्यक काम गर्न माग गरे ।रासस

प्रतिक्रिया दिनुहोस