२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय रेल र पानीजहाज चलाउँछौँ : मन्त्री महासेठ

अ+ अ-

सिन्धुली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले देशमा विद्युतीय रेल र पानीजहाज चलाउने बताएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका कमलाखोँचमा निर्मित पक्की पुलको उद्घाटन गर्दै उनले अबको चार वर्षमा ६ देखि आठ हजार किलोमिटर सडक पिच गर्ने बताए । उनले अगामी ५ वर्षभित्र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण गरी सञ्चालन गर्ने गरी सरकाले काम अघि बढाइरहेको बताए । “बर्दिबासबाट निजगढ, कांकडभिट्टाबाट पश्चिम, इटहरीबाट पश्चिम, अर्को काठमाडौं कांकडभिट्टा तथा सुनसरी र कञ्चनपुरबाट शुरु गर्ने सरकारको योजना छ” उनले भने ।

सरकारले विद्युतीय रेल सञ्चालनका लागि आर्थिक व्यवस्थापन गर्न दातृ राष्ट्रसँग कुरा गरिरहेको मन्त्री महासेठले जानकारी दिए । पाँच वर्षभित्र पूर्व–पश्चिम रेल मार्ग बनाउने र त्यसैगरी काठमाडौंदेखि केरुङ अबको ६ महीनामा डिपिआर तयार भइसक्ने दाबी उनले गरे । जनकपुर–जयनगर रेल केही समयमा नै सञ्चालन गर्नेसमेत मन्त्री महासेठले बताए ।

कमलाखोँचमा बनेको पहिलो पुलमा १० वटा स्पान रहेको र पुलको लम्बाइ ५०० मिटर रहेको पुल निर्माण गर्ने कालिका तुत्दी–रुवा जेभी काठमाडोँका प्रबन्धक निर्देशक राजेन्द आचार्यले बताए। पुल निर्माण भएको ७५० मिटर दायाँ÷बायाँ नदी नियन्त्रणसमेत गरिएको छ ।

पुलको चौडाइ १०.५ मिटर छ भने १.५ मिटर दुवैपट्टि फुटपाथ छ । पुल निर्माण गर्न रु ६१ करोड २२ लाखमा सम्झौता भएकोमा हालसम्म रु ६० करोड ९० लाख निकासा भएको उनको भनाइ थियो । कम्पनीले सिन्धुलीको मरिणमा पनि सम्झौताभन्दा अघि नै ४०० मिटर लामो पक्की पुल निर्माण गरी हस्तान्तरण गरिसकेको छ । कमलाखोँचमा पुल बनेपछि वर्षामा कमला नदी तर्न नसक्दा बिरामीले उपचार गर्न नपाउने, आवात–जावत रोकिनुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस