२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वनमौरी लोपोन्मुख हुँदै

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरमा वन (भीर) मौरीको वासस्थान नासिँदै जान थालेपछि लोपोन्मुख अवस्थामा पुगेको छ । बस्ती वरपरका रुख, झाडीमा घार बनाई बस्ने वन मौरी आजभोलि देख्न मुस्किल हुन थालेको छ ।

मौरीले घार बनाउन रुचाउने रुख अवैध रुपमा कटानी भएपछि र झाडी मासेर बस्ती बसेसँगै वनमौरी लोपोन्मुख अवस्थामा पुगेको हो । लालपूर्जावाला जग्गाको प्रमाण देखाएर वनका कर्मचारीको मिलेमतोमा ऐलानी जग्गामा रहेका रुख धमाधम काटेर नासिएसँगै वन मौरीको सङ्ख्यामा समेत कमी आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन क्षेत्रका बस्तीमा रहेका सिमललगायतका रुख अवैध रुपमा कटानी तीव्र हुँदै गएसँगै वन मौरीसमेत देखिन छाडेको स्थानीयवासी धनुराम रानाले बताए ।

विगतमा सिमलको एकै रुखमा सात देखि १० वटासम्म वनमौरीले घार बनाएर बस्ने गरेको भेटिन्थ्ये उनले भने,’सिमल कटानीसँगै वनमौरी देख्न समेत दुर्लभ भएको छ ।’

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन नजिकका क्षेत्रमा सिमलका रुख देख्न समेत दुर्लभ हुन थालेको छ । वन मौरी नासिनुको अर्को कारण जलवायु परिवर्तनको असर समेत भएको कृष्णबहादुर ठगुन्नाले भने,’चिसोमा धेरै चिसो र गर्मीमा धेरै गर्मी हुने हावाहुरीको स्वरुपमा समेत विगतको तुलनामा निकै फेरबदल भएकाले वातावरण अनुरुप ढाल्न नसक्दा वन मौरी लोपोन्मुख अवस्थामा पुग्न थालेको छ ।’

वन मौरीले तोरीबाट मह बनाउन मन पराउने भए पनि त्यसमा विषादीको अत्यधिक प्रयोगले मौरी मर्ने गरेका छन् । सीप नभएका व्यक्तिले मौरीको घारमा आगो लगाई मह काड्ने गरेकाले पनि अधिकांश मौरी मर्ने गरेकाले पनि वन मौरीको अस्तित्व सङ्कटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस