५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढीद्वारा दुई विदेशी खेलाडी अनुबन्ध

अ+ अ-

काठमाडौं । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले दुई विदेशी खेलाडी क्लबमा भित्र्याएको छ ।

क्लबले संयुक्त अरब इमिरेट्स (युएइ)का कप्तान रोहन मुस्तफा र भारतका सागर त्रिवेदीलाई आफ्नो टिममा भित्र्याएको जनाएको छ । अलराउन्डर मुस्तफाले युएइ राष्ट्रिय टोलीका लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् ।

सागर त्रिवेदी सन् २०१५ को इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सको लागि छनौट भएका खेलाडी हुन् । उनी पनि अलराउन्डर हुन् । राष्ट्रिय टोलीका रणनीतिक खेलाडी (मार्की प्लेयर) अलराउण्डर सोमपाल कामी रहेको धनगढीमा अन्य खेलाडी पवन सर्राफ, दिपेश श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरिबहादुर चौहान, अमित श्रेष्ठ, राजु रिजाल, रोविन क्षेत्री, सुनील धमला, सन्दीप रजाली र धिरज छन् ।

प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टोलीले अरु टोलीसँग एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । प्रतियोगितामा कुल १९ खेल हुनेछ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताको रूपमा २०७३ र २०७४ सालमा डिपिएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि चौराह धनगढी टोलीले जितेको थियो । रासस

प्रतिक्रिया दिनुहोस