काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठका आज बस्ने भएको छ । आज दिउँसो १ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बोलाइएको छ ।
आजको बैठकमा सांसदमा कसरी प्रस्तुत हुने बारे छलफल हुने जनाइएको छ ।
कांग्रेसका माग सम्बोधन भइसकेको र डा गोविन्द केसीले पनि अनसन तोडिसेकोले संसद अवरुद्ध नगर्ने निर्णयसमेत हुने कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जनाएका छन् ।