सयपत्री मखमली बेली चमेली छ
थरी थरी फुल फुल्ने घर आगनी छ
चार जाती छत्तिस वर्ण हामी नेपालीको
एउटै घर आगनीमा हामी रमेका छौँ
विश्वमाझ शान्ति छर्ने बुद्ध भूमि यही हो ।
शैलपूत्री जानकी र भृकुटीका देश हो
तपोभूमि ज्ञानभूमि शान्तिभूमि यही हो ।
विशाल छ छाती हाम्रो गोरखाली हौ वीर
उच्च शिर नेपालीको हिमाल त्यही हो
शीतलता पहाडको तराईको फाँट
औषधि र जडीबुटी अन्नको भण्डार छ ।
भेषभुषा उस्तै राम्रो अनेकौँ छ भाषा
विविधतामा यसै राम्रो रितिरिवाज हाम्रो
संस्कृति त झनै राम्रो उच्च संस्कार छ
सनातनीय धर्म हाम्रो ध्वनि ॐकारको छ
शंखघण्टा डम्फु च्याब्रुङ्ग बज्ने एउटै ताल
सारङ्गीको ¥याइ¥याई मीठो बाँसुरीको धुन
सनहीको स्वर मिठो मादलुको ताल
नौमती र पञ्चेबाजामा छ हाम्रो पहिचान
स्वाभिमानी जाति हामी नेपाली हो जात
सयपत्री मखमली बेली चमेली छ
थरी थरी फुल फुल्ने घर आगनी छ
चार जाती छत्तिस वर्ण हामी नेपालीको
एउटै घर आगनीमा हामी रमेका छौँ