१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

अ+ अ-

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि गरेको छ । सुरक्षित सुत्केरी सेवामार्फत आमा तथा नवजात शिशुको स्वास्थ्य जोगाउन नगरपालिकाले भत्ता बढाउने निर्णय कार्यान्वयनमा ल्याएको हो ।

आर्थिक वर्ष २०७४/७५देखि पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई प्रोत्साहन भत्ता थप गर्ने नीति लिएको हो । प्रोत्साहन भत्ता रु दुई हजार वृद्धि भएसँगै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने गर्भवतीको सङ्ख्या पनि बढेको पाइएको छ । नगर स्वास्थ्य शाखाका प्रमुख गङ्गादेव पुरीले गर्भवती भएदेखि नियमित जाँच गराउने, परामर्श लिने, स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको सङ्ख्या बढेको बताइन् ।

उनका अनुसार आव २०७४÷७५ मा ६७६ र चालू आवको छ महीनाको अवधिमा ३०६ स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सुरक्षित पनि हुने र भत्ता पनि बढी पाइने हुँदा कार्यक्रम प्रभावकारी बन्न पुगेको उनको दाबी छ ।

सङ्घीय सरकारले नियमित गर्भ जाँच गराएवापत रु ८०० र यातायात खर्चवापत रु दुई हजार दिँदै आएको छ । नगरपालिकाको थप रु दुई हजारसमेत गरी सुत्केरीले सम्बन्धित स्वास्थ्य संस्थाबाट रु चार हजार ८०० बुझ्ने गरेका छन् ।

गर्भवतीले गर्भ रहेको चार महीनामा पहिलो छ, आठ र नौ महीनामा गरी कम्तीमा चार पटक जाँच गराउनुपर्दछ । सङ्घीय सरकारले एक पटक गर्भ जाँच गराए रु २०० दिने गरेको छ । नगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी हुन आएमा एकमुष्ट रु दुई हजार दिन थालेको छ ।

नगर उपप्रमुख मुक्ति रेग्मीले ग्रामीण बस्तीमा सुत्केरी अवस्थामा पर्याप्त पौष्टिक आहार नपाउने, बालबालिका कुपोषित हुनेलगायतका समस्याका कारण आमा र बच्चाको स्वास्थ्य खतरामुक्त गर्न पोषण भत्ता दिन थालेको बताए। “सुत्केरी आमा र शिशुको औषधि उपचार, पोषणयुक्त खानपानमा मुद्दत पुग्ने विश्वासका साथ थप प्रोत्साहन भत्ता दिने व्यवस्था गरेका हौँ”, उनले भने, “यसबाट नगरका शतप्रतिशत गर्भवती र सुत्केरी लाभान्वित भएको पाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस