आन्तरिक परीक्षा सात वर्ष राखेकोमा अधिकृतहरूको आपत्ति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आन्तरिक परीक्षा सात वर्ष राखेकोमा अधिकृतहरूको आपत्ति


प्रशासन विशेष ब्युरो

१८ माघ २०७५, शुक्रबार


आन्तरिक परीक्षा

काठमाडौँ । आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा उम्मेदवार हुन सात वर्ष राखेकोप्रति अधिकृतहरूले आपत्ति जनाएका छन् ।

प्रस्तावित संघीय निजामती सेवा विधेयकको दफा ८ मा आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा उम्मेदवार हुन असार मसान्त सम्ममा सात वर्ष सेवा अवधि पुगेको हुनुपर्ने व्यवस्था प्रति उनीहरूले आपत्ति जनाएका हुन् ।

साबिक निजामती सेवा ऐन, २०४९ मा आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा उम्मेदवार हुन पाँच वर्ष सेवा अवधि रहेको र समावेशी उम्मेदवारलाई एक वर्ष कम चार वर्ष रहेकोले सोही अनुसार ५ वर्ष सेवा अवधिको व्यवस्थालाई नै निरन्तरता दिन माग गरेका हुन् ।

अधिकृतहरूको एक टोलीले बिहीबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटी पाँच वर्ष नै कायम गर्नुपर्ने औचित्यताबारेसमेत जानकारी गराएका छन् ।

विगतमा आन्तरिक प्रतिस्पर्धाद्धारा लिइने लिखित परीक्षामा सामेल भई सकेका उम्मेदवारहरू विधेयकको सात वर्षे व्यवस्थाले परीक्षामा सहभागी हुन वञ्चित हुन नदिन, वृत्ति विकासमा दीर्घकालीन असर पर्न नदिन, दक्ष युवा जनशक्ति

निजामती सेवाबाट पलायन हुनबाट रोक्न र कर्मचारीहरूको उत्प्रेरणा एवं मनोबल कायम राख्न पनि पाँच वर्षे व्यवस्था नै कायम राख्न सुझाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस