नेपालले टस जितेर पहिले बलिङ शुरु गर्‍यो « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

नेपालले टस जितेर पहिले बलिङ शुरु गर्‍यो


१७ माघ २०७५, बिहिबार


काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीविरुद्ध टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ ।

युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् ।

घरेलु टोलीविरुद्धको एकदिवसीय शृङ्खला जितेको नेपाल पहिलो टी–२० जित्ने लक्ष्यसहित मैदान उत्रिएको छ ।

तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।

नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।

राम्रो ‘फर्म’मा रहेको नेपाली टोलीलाई टि–२० शृङ्खला जितेर अर्को इतिहास रच्ने मौका आएको छ । यो समाचार तयार पर्दासम्म यूएइले चार ओभरमा एक विकेटको क्षतिमा १७ रन बनाएको छ ।

नेपालका लागि पहिलो ओभरमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस