म्याग्दीमा आगलागीपीडितलाई कांग्रेसद्धारा रु ५१ हजार सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्याग्दीमा आगलागीपीडितलाई कांग्रेसद्धारा रु ५१ हजार सहयोग


प्रशासन संवाददाता

१६ माघ २०७५, बुधबार


गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली कांग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ ।

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हुदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गरे । म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ ।

सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस