संघीय निजामती सेवा विधेयकबारे लोक सेवाले परामर्श पठायो « प्रशासन
Logo ९ आश्विन २०७९, आइतबार
   

संघीय निजामती सेवा विधेयकबारे लोक सेवाले परामर्श पठायो


१४ माघ २०७५, सोमबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकबारे आफ्नो परामर्श पठाएको छ ।

सोमबार बसेको आयोगको बैठकले आयोगको परामर्शसहित विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।

परामर्शसहितको विधेयक प्राप्त भइसकेको र समावेश गर्नुपर्ने विषयहरू समावेश गरी छिट्टै मन्त्रिपरिषद्बाट संसद् पठाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।

उच्च स्रोतका अनुशार लोक सेवाले विधेयमा व्यवस्था भएका सचिवको क्लष्टरिङ हटाउने,उमेर हदलगायत विषयहरुमा राय पेश गरेको बुझिएको छ ।

यसबाहेक विधेयकका अन्य केही व्यवस्थाहरूमा पनि आयोगले आफ्ना सुझावहरू पेस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस