बाजुरामा लगातारको हिमपातले विद्यालय भत्कियो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बाजुरामा लगातारको हिमपातले विद्यालय भत्कियो


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


बडीमालिका । लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक सामुदायिक विद्यालयको भवन भत्किएको छ ।

चोलुमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको प्रधानाध्यापक पद्मलाल रेग्मीले जानकारी दिए ।

विद्यालयका दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठन–पाठनमा समेत समस्या भएको प्रधानाध्यापक रेग्मीले बताए । कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै ६ लाख बराबरको सामानमा क्षति भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस