ग्रेडमा उच्चतम अङ्क ल्याउनेलाई मात्र शिक्षक बनाइने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ग्रेडमा उच्चतम अङ्क ल्याउनेलाई मात्र शिक्षक बनाइने


प्रशासन संवाददाता

१४ माघ २०७५, सोमबार


मेलम्ची । प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले ग्रेडमा उच्चतम अङ्क ल्याएर उत्तीर्ण हुनेलाई मात्र शिक्षक बनाइने बताएका छन्।

हेलम्बु गाउँपालिका–३ ककनीस्थित पाल्चोक माध्यमिक विद्यालयको ३०औँ वार्षिकोत्सव तथा १७औँ अभिभाबक दिवस र भवन शिलान्यास कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाका लागि प्रदेश सरकार लागिपरेको छ भने ।

शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख गौरीशङ्कर पाण्डेले किताबी ज्ञानसँगै विद्यार्थीलाई वातावरण संरक्षण र सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिँदै दुई वर्षभित्र विद्यालय पुनःनिमार्ण गरिसक्ने लक्ष्य लिइएकाले काममा तीव्रता दिन आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस