राष्ट्र निर्माणमा व्यवसायी संघको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्र निर्माणमा व्यवसायी संघको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री भट्ट


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्र निर्माणमा गति दिनका लागि निर्माण व्यवसायी संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

धनगढीमा आज आयोजित निर्माण व्यवसायी संघ कैलालीकोे २५ औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री भट्टले देश संघीय व्यवस्थामा गएसँगै निर्माण व्यवसायीले विकास निर्माणका कामलाई तिव्रता दिनुका साथै गुणस्तरीयतामा समेत ध्यान दिन जरुरी रहेको बताए ।

भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले विकासका दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिम प्रदेशका जनतालाई विकासको मूल धारमा ल्याउन सङ्घको अहम भूमिका रहेको उल्लेख गरे ।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष प्रकाश सेठीले ठेक्का निर्माण सम्झौता प्रक्रियामा देखिएका विभिन्न कानूनी बाधा अड्चनलाई सहज बनाउन प्रदेश सरकारबाट आवश्यक कदम चालिनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस