२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरगढीमा विजयोत्सव : गढीको पर्यटकीय विकास गर्न राष्ट्रपतिबाट आह्वान

अ+ अ-

हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताएका छन् । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका उपलक्ष्यमा मकवानपुरगढी गाउँपालिकाले आज आयोजना गरेको विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले गढी परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाल एकीकरण अभियानमा अतिमहत्वपूर्ण भूमिका निर्वाह गरेको स्थान मकवानपुरगढीको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

विसं १८१९ आजकै दिन गुरगिन खाँको नेतृत्वमा रहेको मुसलमानी फौजलाई गोरखाली फौजले जिती मकवानपुर हात लागेको थियो । पछि सिन्धुलीगढीमा विसं १८२४ कात्तिक २४ मा अङ्ग्रेज फौजलाई हराएपछि गोरखाली फौजले हराएपछि गोरखालीहरु विदेशीसँग लड्न सक्षम भएको प्रमाणित भएको थियो ।

राष्ट्रपतिले भने, ‘नेपाली सेनाले विदेशी सेनालाई पराजित गरेको यो गढीलाई सरकारले नेपालको पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरेर गढीको पर्यटकीय विकास गर्न पहल गर्नुपर्छ ।’राष्ट्र निर्माणमा संलग्न पूर्वजहरुको योगदानको स्मरण गर्दै राष्ट्रपति भण्डारीले नेपालले कहिल्यै कसैको उपनिवेश बन्नु नपरेकामा गर्व गर्नुपर्ने बताए । मकवानपुरगढी क्षेत्रमा रहेको वनजङ्गलको संरक्षण गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले मकवानपुरका प्राकृतिकलगायत सम्पूर्ण सम्पदा र स्रोतको सम्बर्द्धनमार्फत पर्यटन विकास गर्न आह्वान गरे ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको ऐतिहासिक सम्पत्ति मकवानपुरगढीको संरक्षणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्दै मकवानपुरगढीको पुनःनिर्माणमा प्रदेशले बजेट विनियोजन गरेको जानकारी दिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरगढीको संरक्षणमा सबैले जोड दिनुपर्ने बताए ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले मकवानपुरगढीको संरक्षण, सम्बर्द्धन र पर्यटकीय विकासमा गाउँपालिकाले चाल्ने कदममा सहयोग गरिदिन सबैमा अनुरोध गरे।

प्रतिक्रिया दिनुहोस