२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान

अ+ अ-

सिक्किम । नेपाली साहित्य परिषद गान्तोकमा डा. डीआर उपाध्यायका सात एल्बम विमोचन तथा सष्ट्रा सम्मान गरिएको छ ।

सिक्किम अकादमीका अध्यक्ष तथा पद्मश्री सम्मानद्वारा सम्मानित वरिष्ठ साहित्यकार केदार गुरुङ, सिक्किम कलाकार संघका अध्यक्ष साहित्यकार एवम् निर्देशक चुनिलाल घिमिरे साथै अन्य वरिष्ठ साहित्यकारहरुको बाहुलीद्वारा सोमबार डीआर उपाध्यायका गीति सङ्गालोहरु लोकार्पण गरिएको हो ।

किनार प्रकाशन, गान्तोकद्वारा आयोजित लोकार्पण एवम् सम्मान कार्यक्रममा साहित्यकार केदार गुरुङ मुख्य अतिथि । रहेका थिए भने साहित्यकार चुनिलाल घिमिरेले कार्यक्रमलाई अध्यक्षता गरेका थिए । यस अवसरमा नेपालका आठ जना स्रष्टा र सिक्किमका ६ जना स्रष्टालाई सम्मान पनि गरिएको थियो ।

सभाध्यक्ष चुनिलाल घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै जहाँ शान्ति, सुरक्षा हुन्छ त्यहाँ गीत सङ्गीत तथा कलाले फस्टाउने मौका पाउने बताए । उनले प्रसिद्ध पश्चिमेली साहित्यकार शेक्सपियरको भनाइको उदाहरण दिँदै भने, ‘जसले गीत सङ्गीत मन पराउँदैन उ आत्मद्रोही हुन्छ ।’ उनले अगाडि भने, ‘पहिला हाम्रा अभिभावकहरुले गीत गाउन दिँदैनथे ।

गीत नगा, दुःख पाउँछ, दुखिया हुन्छ भन्ने गर्थे भन्दै वर्तमानमा गीत सङ्गीतको क्षेत्र उर्वर भएको छ ।’ नेपाल र सिक्किम–दार्जिलिङको साङ्गीतिक सम्बन्धलाई जोडदै पहिले पहिले रेडियो नेपालबाट बज्ने गीत सुनेर सिक्किम दार्जिलिङ तिरका धेरै जनाले गीत लेख्न गाउन प्रेरित बनेको सभाध्यक्ष घिमिरेले बताए । कार्यक्रममा घिमिरले एकै साथ आफ्ना सातवटा गीति सँगलो लोकार्पण गर्ने गीतकार डीआरलाई बधाई दिँदै यसरी एकै साथमा सातवटा गीति सँगालो निकाल्नु चुनौतिपूर्ण कार्य रहेको भन्दै डीआरका गीतले सामाजिक परिवर्तनको आवाज बुलन्द गर्न चाहेको बताए ।

यसरी नै मुख्य अतिथि केदार गुरुङले कार्यक्रमलाई सम्बोधन गर्दै साहित्य, कला सङ्गीत जीवनको अभिन्न अङ्ग रहेको बताए । उनले गीतकार डीआरका सिर्जनाले समाजमा सकारात्मक परिवर्तन गर्नेमा आफू विश्वस्त रहेको बताउँदै जीवन जीउन पनि पनि एउटा कलाको आवश्यकता पर्ने बताए ।कवि एवम् चित्रकार दीपा राईद्वारा कार्यक्रमा आयोजक समिति अध्यक्ष टीबी चन्द्र सुब्बाले स्वागत सम्बोधन गरेका थिए भने डा. शन्ति क्षेत्रीले पनि सम्बोधन गरेकी थिइन । उनले सङ्गीतको विशेषता एवम् महत्वमाथि बोल्दै आफ्नो जीवन साथी पनि उनले गीतकै मार्फत भेटिएको खुलासा गरिन ।

कार्यक्रममा मिलापका सम्पादक कृष्ण भुसालले सिक्किम र नेपाल माझको भाषिक, सांस्कृतिक एकरुपताको विषयमा उजागर गरे । नेपाली साहित्य तथा सङ्गीत जगतमा सिक्किमेले धेरै प्रगति गरेको उल्लेख गर्दै मुख्यमन्त्री पवन चामलिङ स्वयं एक कुशल राजनीतिज्ञसँगै साहित्यक व्यक्तित्व रहेको हुनाले पनि सिक्किमको सङ्गीत तथा साहित्य जगतले फस्टाउने अवसर पाएको बताए ।

यसरी नै डा. डीआर उपाध्यायले आफ्नो सम्बोधनमा लोकार्पित गीति सँगालोलाई स्रोताले सुनेर प्रतिक्रिया दिने आशा व्यक्त गरे । उनले आफ्ना कृतिमाथि पनि प्रकाश पारेका थिए । उनले नेपालका सातै प्रदेशका विभिन्न ठाउँमा गएर आफ्ना कृति लोकार्पण गरेको बताउँदै सिक्किम आएर यो लोकार्पणको यात्रा विसर्जन गरिरहेको साथै सिक्किम नआएसम्म आफ्नो यो यात्रा अधुरै रहने महशुस गरेको पनि विचार व्यक्त गरे ।

यसरी नै वरिष्ठ साहित्यकार सुरेश घिमिरे ‘निश्चिन्त’ले आफ्नो सम्बोधनमा नेपाली गीत सङ्गीतको क्षेत्रमा पवन चामलिङको योगदानबारे आफ्ना विचार राखेका थिए । सिक्किमले धेरै गीत–सङ्गीतकार जन्माएको बताउँदै सिक्किम, दार्जिलिङ, आसाम आदि भारतीय भेगबाट नेपाली गीत सङ्गीत र साहित्यको क्षेत्रमा बहुमूल्य योगदान पुर्याएको बताए । पद्यमदिप प्रतिष्ठानले डा. डीआर उपाध्यायका गीति सात सङ्गालोलाई नेपालका विभिन्न ठाउँमा गएर लोकार्पण गरेको भन्दै आज सिक्किममा त्यो अवसर जुरेको बताए ।

कार्यक्रममा नेपालका स्रष्टा डा. डीआर उपाध्याय, सुरेश घिमिरे ‘निश्चिन्त’, कृष्ण भुसाल, नवीन सुब्बा, सागर अधिकारी ‘शरद’, सन्तोष श्रेष्ठ, गीता अधिकारी र सुनिता खनाल तथा सिक्किमका स्रष्टा प्रद्युम्न श्रेष्ठ, पूर्ण योञ्जन, जीवन शर्मा, केबी कार्की, अमर बानियाँ ‘लोहोरो’ र निलम न्यौपानेलाई सम्मान गरिएको थियो । यसरी नै नेपालबाट साहित्यकार टीबी चन्द्र सुब्बा, सीपी गिरी, चुनिलाल घिमिरे, डीआर नेपाल र सीबी कार्किलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा गायक तथा सङ्गीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारी ‘शरद’ले आफ्ना सुमधुर गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्र मुग्ध पारेका थिए ।

प्रतिक्रिया दिनुहोस