३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्षीको माग सम्बोधन गर्न सभामुखबाट ध्यानाकर्षण

अ+ अ-

काठमाडौ । सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको विषयलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै कांग्रेसका सांसदले पुनः बैठक अवरुद्ध गरेपछि सभामुख महराले प्रतिपक्षीको मागमा आफू पनि सकारात्मक रहेको बताउँदै बैठक अवरुद्ध नगर्न पटक पटक आग्रह गरे पनि कांग्रेसले आशनबाट उठेर विरोध जनायो । सोलगत्तै सभामुखले बैठक मङ्गलबार अपराह्न ३ बजेसम्मका लागि स्थगन भएको जानकारी दिए ।

प्रतिनिधिसभाको पहिलो बैठकमा काङ्ग्रेसले आफ्ना नेताका नाममा स्थापना भएका अस्पतालको बारेमा निर्णय नभएको भन्दै आपत्ति जनाएको थियो । काङ्ग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गत पुस १९ गतेको मन्त्रिपरिषद्को बैठकले देशका अन्य अस्पतालको विषयमा निर्णय गरे पनि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका बारेमा कुनै निर्णय नगरिएकामा गुनासो गरेका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन)विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो । यस्तै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूउपयोग विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया दिनुहोस