२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोञ्जेसोममा ५४ प्रतिशतले तेस्रो किस्ता लिए

अ+ अ-

ललितपुर । दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ (आवास) ले जनाएको छ ।

यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले जनाएको छ । एक हजार ६४६ लाभग्राहीले दोस्रो किस्तावापतको रकम र दुई हजार ४१ जना लाभग्राहीले पहिलो किस्ता वापतको रकम यो गाउँपालिकामा लिइसकेका छन् । गाउँमा घर बनाउन शहरी क्षेत्रमा भन्दा कठिनाइ कम हुने एकाइका आयोजना प्रमुख विरबहादुर रावलले बताए ।

शहरी क्षेत्रमा कम क्षेत्रफलमा घर बनेको हुँदा भूकम्पपछि पनि त्यतिमा नै घर बनाउनुपर्छ । ग्रामीण क्षेत्रमा एकातिर पर्याप्त जमीन हुन्छ भने अर्कातिर मापदण्ड पनि लचिलो हुन्छ । भूकम्पप्रभावित सबै जिल्लामा सरकारबाट अनुदान लिएका घर बनाएका लाभग्राहीको भन्दा गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत घर बनाउँदा चाँडो बनेको छ ।

यो गाउँपालिकामा २४२ घर लुमन्ती संस्थाले बनाएको हो । उनले भने, ‘घर निर्माण सकिएर सबै लाभग्राहीले तेस्रो किस्ता पनि लिइसकेका छन् ।’ जिल्लाभरमा भने तेस्रो किस्ता लिने लाभग्राही २३ प्रतिशत मात्रै रहेको छ । गुनासोपछि थप भएका समेत जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस