आयुष्मान र प्रियंकाको ‘थोरै माया म दिउला’ सार्वजनिक (भिडियो सहित ) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आयुष्मान र प्रियंकाको ‘थोरै माया म दिउला’ सार्वजनिक (भिडियो सहित )


प्रशासन संवाददाता

६ माघ २०७५, आइतबार


बिबाहको तयारीमा रहेका जोडी नायक आयुष्मान देश्राज जोशी र नायिका प्रियंका कार्की अभिनित नया गीत ‘ थोरै माया म दिउला झ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा दिपक राज पाण्डे र गायिका मेलिना राईको सुमधुर आवाज रहेको छ भने गीतमा शक्ति छेत्रीको एकल शब्द रचनामा संगीतकार राजन राज सिवाकोटीको संगीत रहेको छ र यस गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

सिनेमाटोग्राफर नवराज उप्रेतीले खिचेको अनि सुरेन्द्र बसेल र सुबोल थापाको कोरियोग्राफी रहेको यस गीतको म्युजिक भिडियोमा प्रियंका र आयुष्मानको जोडी निकै आकर्षण देखिएको छ । संचारकर्मी तथा चलचित्र ञसुश्री सम्पति झका डेब्यु निर्देशक र म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोलाइ नबिन निरौलाले सम्पादन गरेका छन ।

हेर्नुस् भिडियोसहित : 

प्रतिक्रिया दिनुहोस