२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माघ १० गते विजयोत्सव आयोजना गरिने

अ+ अ-

हेटौँडा । गोर्खाली सेनाले मुसलमान वंशका मिरकासिमको फौजलाई हराएको उपलक्ष्यमा यही माघ १० गते मकवानपुरगढीमा विजयोत्सव आगोजना गरिने भएको छ ।
बङ्गालबाट आएका मुसलमान मिरकासिम नेतृत्वको फौजलाई विसं १८१९ माघ १० गते गर्खाली सेनाले हराएको उपलक्ष्यमा प्रदेश नं ३ अन्तर्गत मकवानपुर जिल्लाको हाल गढी गाउँपालिका–२ स्थित मकवानपुरगढी दरबार परिसरमा यही माघ १० गते सो महोत्सव आयोजना गर्न लागिएको हो । तत्कालीन मकवानपुर राज्यलाई गोर्खाली फौजले विसं १८१९ भदौ ९ गते आक्रमण गरी आफ्नो अधिनमा लिएका थिए ।

मकवानपुरका अन्तिम सेन राजा तथा पृथ्वीनारायण शाहका जेठान दिगबन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँको आग्रहमा गोर्खाली सेनाविरुद्ध बङ्गालबाट आएका मुसलमानी सेनालाई विसं १८१९ माघ १० गते परास्त गरी भगाएको सम्झनामा केही वर्ष अघिदेखि यहाँ नेपाली सेनासहित नागरिक समाजले विजयोत्सव मनाउने गरेको उक्त गढीको अध्येता समाजसेवीद्वय केदार न्यौपाने र वकिलराज बानियाँ राससलाई बताउनुहुन्छ ।
विजयोत्सवमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिको रूपमा आन्त्रण गरिएको छ ।

तत्कालीन मकवानपुर राज्यअन्तर्गत सेन वंशका राजाले १३औँ शताब्दीको शुरुतिर यहाँ शासन गरेको थिए । सेन वंशका राजा मुकुन्द सेनको नामबाट ‘मुकुन्दपुर’, ‘माकन्दपुर’, ‘मुकुनपुर’बाट अपभ्रश हुँदै ‘मकवानपुर’ नामाकरण भएको इतिहासमा उल्लेख छ । सेन वंशका प्रथम राजा मुकुन्द सेनदेखि अन्तिम राजा दिगबन्धन सेनसम्मका दश पुस्ताले करीब ३०० वर्षसम्म यहाँ शासन गरेका थिए ।

मकवानपुर राज्यको सिमाना पूर्वमा बराह क्षेत्र र जलपाइगुढी भारत, पश्चिममा रुरु क्षेत्र, पाल्पा, गुल्मी र उत्तरमा मुक्तिक्षेत्र र दक्षिणमा मुगल राज्यको बङ्गाल सिमाना पर्दथ्यो । जहाँ अहिलेका २२ जिल्ला समेटिएका थिए ।

मकवानपुरगढी दरबार क्षेत्र हेटौँडाको बुद्धचोकदेखि गढी दरबारसम्म १६ किलोमिटर टाढा पर्दछ । सो स्थल समुद्र सतहदेखि करीब एक हजार १७ मिटर उचाइमा रहेको मकवानपुर जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापाको भनाइ छ ।

तत्कालीन नवाब मिरकासिमले गुरगिन खाँको नेतृत्वमा मकवानपुरमा हमला गर्न पठाएको करीब २ हजार मुगल सेनको फौजलाई सेनापति वंशराज पाण्डे, केशरसिंह बस्नेत र रामकृष्ण कुँवरको नेतृत्वको फौजले बहादुरीका साथ आक्रमण गरी पराजित गरेको र गढी दरबारको सुरक्षाका लागि वरिपरि ढुङ्गाको पर्खाल लगाएर बाहिरबाट आएका फौजले त्यहाँभित्रको गतिविधि निगरानी गर्न नसक्ने तुल्याइएको अर्का समाजसेवी केदार न्यौपाने बताउछन् ।

विजयोत्सवमा गढी परिसरमा राष्ट्रिय झण्डोतोलन गरिने, सातै प्रदेशको महत्व झल्किने नक्सा पनि राखिने भएको छ । शनिबार हेटौँडाको बुद्धचोकबाट गढी दरबारसम्म करीब १६ किलोमिटरसम्म साइकल र्‍याली गरिने ९ गते किलोमिटर म्याराथुन दौड आयोजना गरिने गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताए ।

प्रतिक्रिया दिनुहोस