२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवलपरासीमा बँदेल आतङ्क

अ+ अ-

परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा बँदेल आतङ्क बढेको छ । सो वडाका पथरहिया, सालबास, आनन्दनगर, सिमलटारी, बासाबसहीलगायत गाउँमा दिनहुँ बँदेलले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

नजिकैको जङ्गलबाट आएका बँदेलले आतङ्क मच्चाउनाका साथै अहिलेसम्म चारजनालाई घाइते बनाइसकेको छ । बँदेलले खेतमा लगाइएको हिउँदे बालीलाई नोक्सानी पुर्‍याउनाका साथै मानिसलाई आक्रमण गर्न थालेपछि दिउँसोको समयमा एक्लै हिँड्न पनि गाह्रो भइरहेको स्थानीयवासी बताउँछन् ।

बँदेलको आक्रमणमा परी सरावल–१ बस्ने वैजनाथ कामीको ११ वर्षीया छोरी रीता विक, वडा नं २ स्थित कुटी बस्ने वर्ष २५ का रामप्रसाद महतो, वडा नं १ बस्ने वर्ष २८ का प्रेम नारायण महतो र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–११ बस्ने वर्ष २५ का भुवन महतो घाइते भएको बर्दघाट सवडिभिजन वन कार्यालयका रेञ्जर जयप्रकाश यादवले जानकारी दिए ।

घाइतेमध्ये चिन्ताजनक अवस्थाकी ११ वर्षीया रीता विकलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा लगिएको छ भने अन्य तीन घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको रेञ्जर यादवले बताए ।

बँदेल आक्रमण गरेको थाहा पाएलगत्तै उक्त कार्यालयका २ कर्मचारी र बासाबसही प्रहरी चौकीका प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो ।रासस

प्रतिक्रिया दिनुहोस