चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चैत्र मसान्त भित्रमा पर्सा जिल्लालाई खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने


प्रशासन संवाददाता

३ माघ २०७५, बिहिबार


वीरगन्ज । पर्सा जिल्लालाई चैत्र मसान्तसम्ममा खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । विहीबार दिउसो सम्पन्न भएको जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागी सरोकारवालाहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अंसारीको अध्यक्षतामा सम्पन्न भएको समन्वय बैठकमा सहभागी स्थानिय निकायका जनप्रतिनिधि,सुरक्षा निकायका जिल्ला प्रमुखहरु,समाजिक सघं संस्था,संचाकर्मि तथा खानेपानी तथा सरसफाइ कार्यालयका पदाधिकारीहरुले पर्सा जिल्लामा वाकि रहेका स्थानिय निकायहरुलाई फागुन मसान्तसम्ममा खुला दिशामुक्त घोषणा गर्दै यो बर्षको अन्तिमसम्म जसरी पनि पर्सालाई खुला दिशामुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेका छन् ।

कार्यक्रममा सहभागीहरुले वाकि रहेका स्थानिय निकायका वडावासिहरुलाई चर्पि उपयोगीताको लागी सबै उपायहरु अपनाउने निर्णय गर्दै खुला दिशापिसाब गर्ने व्यत्तिहरुलाई दन्डित गर्ने कार्यदल बनाउने सहमति समेत गरेका छन् कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले स्वच्छता नागरिकको पुर्ण अधिकार भएको बताउदै आउने सन्ततीहरुलाई रोगबाट बचाउन सरसफाइ र स्वच्छताको अभियानलाई तिब्रता दिइने धारणा व्यक्त गरेका छन् ।

उनले महानगरपालिकालाई खुला दिशामुक्त घोषणा गर्न वाकिरहेका वडाहरुमा चर्पि उपयोगीतालाई अनिवार्यता लागु गर्ने घोषणा समेत गरे । नगर प्रमुख सरावगीले वाकिरहेका वडाहरुलाई खुलादिशामुक्त घोषणा नभएसम्म सबै विकास बजेटहरु रोकिने चेतावनी समेत दिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पर्सा जिल्लालाई आउने महिनालाई सरसफाइ महिनाको रुपमा विभिन्न अभियानहरु चलाउदै खुलादिशा मुक्त घोषणा घोषणा गर्न सरोकारवाला सबै पक्षको सहभागीतामा एउटा कार्यदल बनाउने राखेको प्रस्ताव सर्वसहमतीबाट पारित भएको थियो ।

कार्यक्रममा जिल्ला खानेपानि कार्यालयका प्रमुख जकि अहमद अंसारीले जिल्ला भरीको सरसफाइ तथा चर्पि उपयोगीताको अवस्थाबारे जानकारी गराएका थिए भने कमल अधिकारीले प्रदेशको खुलादिशा मुक्त अवस्थाको कार्यप्रगती र बिशलेषण बारे सबैलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस