काठमाडौँ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत होउ यान्छी ले प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेकी छन् । उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूत होउ यान्छीबीच द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।