काठमाडौँ । राजश्व समूहका सबै कर्मचारीलाई संघमा समायोजन अर्थ मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको छ ।
नेपाल सरकारलाई प्राप्त हुने अधिकांश राजस्व परिचालनको अधिकार संघमा रहेको तथा अहिले संघमा राजस्व समूहका जनशक्ति अपर्याप्त भई रहेकोले राजश्व व्यवस्थापनमासमेत समस्या पर्ने सक्ने भन्दै अर्थ मन्त्रालयले समूहका सबै कर्मचारी संघमै समायोजन गर्न मन्त्री स्तरीय निर्णयको पत्र सामान्य प्रशासनलाई पठाएको हो ।
प्रशासनलाई प्राप्त पत्रमा भनिएको छ, ‘प्रदेशस्तरमा सो समूहको ज्ञान, शीप तत्कालका लागि आवश्यक परेमा संघबाट काजमा खटाइने छ साथै भविष्यमा तत् तत् तबाट पदपूर्ति गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने ९।२९ मा मन्त्रीस्तरबाट निर्णय भएको ब्यहोरा निर्णयानुशार अनुरोध छ ।’