गाउँघरकै उद्यमबाट मासिक दुई लाख « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गाउँघरकै उद्यमबाट मासिक दुई लाख


प्रशासन संवाददाता

२ माघ २०७५, बुधबार


गलेश्वर । म्याग्दीको बेनी नगरपालिका– १ रत्नेचौरका एक युवाले रेडियो, टिभी र मोबाइल मर्मत पसल सञ्चालन गरेका छन् । साथै उनले मासु पसलसमेत सञ्चालन गरेर मासिक रु २ लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

रत्नेचौरमा विनोद एण्ड विजय फ्रेस हाउस सञ्चालन गर्नुका साथै रेडियो, मोबाइल र टिभी मर्मतको काम गर्दै आएका २६ वर्षीय विन्दु थापाले गाउँमा नै बसीबसी मासिक २ लाखभन्दा बढी कमाइ गर्न सफल भएका छन् । थापाले विगत छ वर्षदेखि गाउँमानै विद्युतीय सामानको मर्मत र बिक्री गर्दै आएका थिए । ४ महीना अघि गत असोजदेखि उनले सोही ठाउँमा मासु पसल पनि सञ्चालन गर्न थालेपछि उनले आफ्नै घरमा बसीबसी मनग्य आम्दानी गर्न सफल भएका छन्

त्यसका अतिरिक्त थापाले घरमा नै कुखुरा, बाख्रा र हाँस पनि पालेका छन्। खोरमा ५०० कुखुरा, १५ वटा बाख्रा र हाँस छन् । त्यसको रेखदेखसाथै मोबाइल, टिभी र अन्य विद्युतीय सामानको मर्मत तथा बिक्री गर्न भ्याइनभ्याइ हुने थापालाई मासु पसल शुरु गरेपछि एकछिन पनि फुर्सद नहुने रत्नेचौरका अगुवा युवा एकेन्द्र महतले बताए ।

घर वाइरिङ गर्नुका साथै सम्पूर्ण विद्युतीय सामान मर्मत गर्ने सीप भएका थापालाई म्याग्दी र बागलुङका विभिन्न गाउँबाट सामान मर्मत र घर वाइरिङका लागि बोलाउन थालेपछि उनको व्यवस्तता झन बढेर गएको छ । ‘हातमा सीप हुने र तनमा जाँगर हुने हो भने गाउँघरमा नै बसीबसी जापान, कोरियामा कमाइने भन्दा बढी कमाउन सकिन्छ’, थापाले भने, ‘समयानुकूल व्यापार गर्न सकियो र अल्छी गरिएन भने घरगाउँमा नै प्रशस्त पैसा कमाइन्छ ।’

प्रतिक्रिया दिनुहोस