गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु


प्रशासन संवाददाता

१ माघ २०७५, मंगलबार


गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिएका।

नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो । उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस