३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डसँग खेल्ने

अ+ अ-

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक थाइल्याण्डको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा बुधबार हुने समूह चरणको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने उद्देश्यसाथ मैदानमा उत्रदैछन् । अघिल्ला तीन खेलमा लगातार जित निकालेको नेपालले थाइल्याण्डलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । थाइल्याण्ड भने प्रतियोगितामा सान्त्वना जितको खोजीमा हुनेछ । यसअघि दुई खेल खेलेको थाइल्याण्ड दुई खेलमा पराजय भोग्दै अङ्कविहीन छ भने प्रतियोगताबाट समेत बाहिरिसकेको छ ।

प्रतियोगिताको सेमिफाइनलमा समूह ‘ए’ बाट नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) यसअघि नै प्रवेश गरिसकेका छन् । नेपाल र थाइल्याण्डबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

जारी प्रतियोगितामा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हात पार्दै ६ अङ्क जोडेको छ । युएइले चार खेलबाट ६ अङ्क जोडेको छ । अङ्क तालीकामा युएइ शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । यदि थाइल्याण्डलाई पराजित गरेमा नेपाल समूहको विजेता बन्नेछ । शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो । आइतबार भएको दोस्रो खेलमा मलेशियालाई छ विकेटले पराजित गरेको थियो । सोमबार भएको तेस्रो खेलमा नेपालले युएइलाई ६ विकेटले हराएको थियो ।

रुविना क्षेत्रीको कप्तानीको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

विभिन्न १० टोलीको सहभगिता रहेको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेशिया र थाइल्याण्डको ए टोली छन् । समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यानमार छन् । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस