३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमा परीक्षण गर्न सके रोकथाम गर्न सकिन्छ

अ+ अ-

चितवन । समयमा परीक्षण गर्न सके पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ । ५ वर्षभित्र पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी हुने भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा ५ लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउछन् । उनका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो ।

सिवाकोटीका अनुसार महिलामा देखिएका क्यान्सरमध्ये २० प्रतिशत पाठेघरको मुखको क्यान्सर रहेको छ । प्रविधि र खर्चको हिसाबले रोकथाम गर्न सकिने भए पनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको सिवाकोटी बताउछन् ।

अस्पतालले चालू आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर ५ हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ । यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ । यससँगै ४० स्वास्थ्यकर्मीलाई तालीम दिइसकेको सिवाकोटीले बताए ।

पाठेघरको क्यान्सर सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ । कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर) हुन्छ । ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन् । विवाहित यौन जीवनसँग आवद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

महिला क्यान्सर रोग विशेषज्ञसमेत रहेका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य समयमा परीक्षण गर्न सकेमा यो रोगबाट बचाउन सकिने बताउछन् । महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने आचार्यले बताए । नेपालमा वर्षेनी कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाललगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ ।

ह्युमेन पापिलोमा भाइरस (एचपिभी) पाठेघरको मुखको क्यान्सरको मुख्य कारक हो । साधारण किसिमको मानिने यो भाइरस यौन कार्यमा सक्रिय ५० देखि ८० प्रतिशत महिलालाई जीवनमा कम्तीमा एक पटक सङ्क्रमित हुने मानिन्छ । आचार्यका अनुसार पाठेघरको क्यान्सर कम उमेरको यौन सम्पर्क, कम उमेरमा गर्भधारण, एकभन्दा बढीसँग यौन सम्पर्क राख्नु, उचित सरसफाइको अभाव, सूर्तीजन्य पदार्थ सेवन र गुप्ताङ्गसम्बन्धी अन्य खाले दीर्घरोगी भएका महिलालाई हुने जोखिम बढी हुन्छ ।

महिनावारी रोकिइसकेका महिलामा फेरि रगत वा रगत मिसिएको योनीश्राव देखिनु, यौन सम्पर्कपश्चात् रगत आउनु र यौनाङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव निस्कनु पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण भएको चिकित्सक बताउँछन् ।

यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि लक्षण देखिन्छ । पाठेघरको मुखको क्यान्सर केही मिनेटमै पत्ता लगाउन सकिन्छ । पाठेघरको मुखको क्यान्सर अन्यत्र फैलिएको छ/छैन थाहा पाउन अल्ट्रासाउण्ड, सिटीस्क्यान, आइभीयू वा एक्सरे गराउनुपर्छ ।

अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा.बिनुमा श्रेष्ठ पाठेघरको मुखको क्यान्सर शुरूको अवस्थामा पत्ता लागे शतप्रतिशत निको पार्न सकिने बताउछन् । रोग फैलिसकेको अवस्थामा भने रेडियोथेरापी वा केमोथेरापी (विशेष औषधि) गरिन्छ ।

उनले सरकारी तवरबाट देशैभरका महिलालाई समय–समयमा परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । शहरी क्षेत्रमा जनचेतनाका कारण केही महिलाले परीक्षण गर्ने गरेको भए पनि अधिकांश महिलाले परीक्षण गरेको पाइँदैन । हल्का रुपमा यसलाई नलिन र समय–समयमा परीक्षण गर्न उनले सुझाव दिए । जनवरीलाई विश्वमा पाठेघरको मुखको क्यान्सर सचेतना महीनाका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस