२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पाको रामपुर उपत्यकामा प्याराग्लाइडिङको सफल उडान

अ+ अ-

बेझाड । पाल्पाको रामपुरमा प्याराग्लाइडिङको सफल उडान गरिएको छ । प्याराग्लाइडिङले प्रचुर सम्भावना बोकेको रामपुर नगरपालिका–७ स्थित बाहुनडाँडामा सोमबार सफल परीक्षण उडान गरिएको हो ।

रामपुर नगरपालिका–७ को बाहुनडाँडा र पूर्वखोला गाउँपालिका–१ सिलुवाको लोस्दीबाट परीक्षणका रुपमा १६ प्याराग्लाइडिङ उडान गरिएको थियो । पहिलो उडान बााहुनडाँडाबाट थालेर किसानबारी खेलमैदानमा अवतरण गराइएको थियो । दोस्रो उडान सिलुवाको लोस्दीबाट थालेर मटेरी ठूलोटारमा अवतरण गराइएको थियो । गिनिज बुकमा नाम रेकर्ड गर्न सफल सानुबाबु सुनुवारको नेतृत्वमा प्याराग्लाइडिङ उडान गरिएको हो ।

‘रामपुर प्याराग्लाइडिङका लागि अत्यन्तै सम्भावना बोकेको ठाउँ छ,’ उनले भने । छब्बीस जिल्लामा प्याराग्लाइडिङ उडान गरिसकेका सुनुवारले नयाँ ठाउँ खोजी गर्ने क्रममा बाहुनडाँडा र सिलुवाको लोस्दीलाई छनोट गरिएको बताए ।’यहाँ एक हजार २६६ मिटर उडेर लगभग तीन हजार मिटर माथिसम्म जान सकिने सम्भावना छ,’ उनले भने, ‘यहाँबाट उडेर तराई र हिमालको काखसम्म पुग्न सक्ने सम्भावना छ ।’

रामपुर नगरपालिका क्षेत्रलाई प्याराग्लाइडिङको हबका रुपमा चिनाउन अभियान थालिने नगर प्रमुख रमणबहादुर थापा बताउछन् । ‘पूर्वाधार विकास गरी रामपुरलाई पर्यटन प्रवर्द्धनका लागि प्याराग्लाइडिङ उडान सेवा सञ्चालन गर्नयोग्य बनाउँछौँ, नगरपालिकाले प्रक्रिया अगाडि बढाउँदैछ’, उनले भने । उनी आफैँले प्याराग्लाइडिङमा यात्रा गरेपछि ध्यान केन्द्रित भएको बताए । नागबेली आकारमा बगेको कालीगण्डकी, हरियाली डाँडाकाँडा, सुन्दर रामपुर उपत्यका, उत्तरतर्फ टल्केका हिमालको दृश्यसँगै प्याराग्लाइडिङमा यात्रा गर्दा निकै रमाइलो भएको पहिलो प्याराग्लाइडिङका यात्रु रामपुर नगरपालिका–६ का सीताराम आचार्यले बताए ।

रामपुरमा प्याराग्लाइडिङको सफल उडानपछि रामपुरवासी खुशि भएका छन् । प्याराग्लाइडिङ उडानकै कारण गाउँको विकास हुने उनीहरुको आशा छ । विकास निर्माण नहुँदा यहाँ बसाइँसराइका कारण बस्ती पातलिँदै गएको छ । अब छिट्टैनै प्याराग्लाइडिङ सञ्चालनको काम अगाडि बढाउन थालेपछि पुनःबस्ती भरिने वडा नं ७ का वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउछन् ।

दुई वर्ष अघि राष्ट्रिय समाचार समितिमा ‘प्याराग्लाइडिङको प्रचुर सम्भावना बोक्दै बाहुनडाँडा क्षेत्र’ समाचार प्रकाशित भएपछि यसबारे खोजीनीति गरिएको हो । सरकारीस्तरको टोलीले यहााको अध्ययन अवलोकन गरी प्याराग्लाइडिङका रुपमा विकास गर्न सकिने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । दोस्रो रामपुर महोत्सवमा सोमबार दिनभर सबैको ध्यान प्याराग्लाइडिङले आकर्षित गरेको थियो । रामपुरको पर्यटकीय विकासमा टेवा पुर्‍याउनका निम्ति मेलाका अवसरमा प्याराग्लाइडिङ भित्र्याइएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए ।रासस

प्रतिक्रिया दिनुहोस