२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निवृत्तिभरणकोष विधेयकसहित तीन विधेयक बहुमतले पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न तीन विधेयकलाई बहुमतले पारित गरेको छ ।

आजको बैठकले पारित गरेका विधेयकमा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५, निवृत्तिभरणकोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक, २०७५ रहेका छन् ।

बैठकमा वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ र अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तिभरण कोष विधेयक, २०७५ र भुक्तानी तथा फछ्र्यौट विधेयक २०७५ विधेयक प्रस्तुत गरेका थिए ।

यसअघि बैठकमा मन्त्री बस्तेतले सङ्कटापूर्ण वनस्पति र वन्यजन्तुको अन्तर्राष्ट्रिय व्यापारलाई व्यवस्थित गर्न विधेयक ल्याइएको हो भने । विधेयकमाथि सांसदहरू प्रेम सुवाल, मोहन बानियाँ, छक्कबहादुर लामा र सञ्जय गौतमले भाग लिएका थिए ।

अर्थन्त्री डा. खतिवडाले निवृत्तिभरण कोषलाई व्यवस्थित बनाउन निवृत्तिभरण कोष विधेयक २०७५ आएको जानकारी दिए । सो विधेयकमाथिको छलफलमा प्रेम सुवालले भाग लिएका थिए ।

यस्तै, आजको बैठकले ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गर्‍यो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए ।

विधेयकमाथि छलफलमा सांसदहरू कृष्ण पोखरेल, प्रेम सुवाल र देवप्रसाद गुरुङले भाग लिए । प्रतिनिधिसभाको अर्को बैठक माघ ४ गते शुक्रबार दिउँसो १२ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस