२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

अ+ अ-

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४÷०७५ मा टिकट बिक्रीबाट चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ ।

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी १०० दरको एक लाख ४९ हजार ३४५ वटा टिकट बिक्री गरी एक करोड ४९ लाख ३४ हजार ५०० आम्दानी भएको थियो ।

विभिन्न तीन किसिमका ५० को टिकटबाट एक करोड ३६ लाख ४६ हजार २००, ३५ बाट ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ लाख १३ हजार ४४० र रु १० को टिकटबाट रु ६१ हजार ६० आर्थिक सङ्कलन भएको हो ।

त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि रु १० को टिकटबाट रु नौ लाख ४८ हजार ७३० आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो औंल्याए । मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उनले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गरे ।

गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गगरे । रासस

प्रतिक्रिया दिनुहोस