२० जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई शिक्षक सङ्गठनबीच एकीकरण

अ+ अ-

इनरुवा । नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा शनिबार सम्पन्न भएको एकता भेलामा नेकपा निकटका दुई शिक्षक सङ्गठनबीच एकीकरण भएको हो ।

नेकपा माओवादी केन्द्रको भ्रातृसंस्थाको रुपमा रहेको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन सुनसरी र नेकपा एमालेको निकट रुपमा रहेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनबीच एकीकरण भएको कार्यदल सदस्य सत्यनारायण मेहताले जानकारी दिए ।

सुनसरीमा पार्टीको एकीकरणको निणर्यअनुसार शिक्षक सङ्गठनको एकीकरण भएको सदस्य मेहताले बताए । एकीकरण भेलाबाट रामबहादुर विष्टको संयोजकत्वमा ६५ सदस्य समिति एकीकृत सङ्गठन निर्माण गरिएको छ ।

एकीकृत सङ्गठन समितिको सह संयोजकमा भोजराज न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यमा बेचन यादव, चिरञ्जीवी रेग्मी, बद्री कार्की, रमानन्द मण्डल, सकिला सुब्बा, सरितादेवी मेहता, प्रमुनारायाण चौधरी, बोधराज घिमिरे, सत्यनारायण मेहतालगायतका रहेका छन् ।

देशभरका जिल्लामा एकता प्रयास जारी रहेको बेला सुनसरीमा दुई सङ्गठनको एकता भेलाबाट एकीकृत सङ्गठनको समितिसमेत सार्वजनिक गरेको छ ।

रुखबाट लडेर मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडी जङ्गलमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीय दुर्गाबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जङ्गलमा घाँस काट्न गएको बेला अन्दाजी ४० फिटमाथि कुम्बिको रुखबाट लडेर उनको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस