१८ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको बीचमा आशा जगाउने सन्देश प्रवाह गर्नुहोस् : उपप्रम पोखरेल

अ+ अ-

भरतपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले जनताका बीचमा आशा जगाउने सन्देश प्रवाह गर्न सञ्चार माध्यमलाई आग्रह गरेका छन् । पूर्वी चितवनको ग्रेट एफएमको चौबिसैं घण्टा प्रसारण सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय सञ्चार माध्यमबाट भ्रमपूर्ण कुरा बाहिर आउने गरेको र त्यसले जनतामा अन्योलता सिर्जना गरेको बताए।

“सञ्चार माध्यमले नकारात्मक विषयलाई मात्रै होइन, प्राप्त भएका उपलब्धिका विषयमा पनि चर्चा गर्न जरुरी छ”, उपप्रधानमन्त्री पोखरेलले भने, “गुण र दोषका आधारमा जनताले निर्णय गर्न सकून् भन्ने कुरा सञ्चार माध्यमले प्रस्तुत गर्नुपर्छ ।” सञ्चारमाध्यमले जनतामा सही सूचना दिने क्रममा चुक्दा धेरै नोक्सान समेत व्यहोर्नु परेको उनको भनाइ छ ।

“राजनीतिक दलका गतिविधि र आचरण खराब मात्रै हुँदैन्” उनले भने, “चर्चा गर्न लायक विषय पनि हुन्छन्, त्यसलाई प्राथमिकता दिनुपर्छ ।” सञ्चार जगत्ले पुर्‍याएको योगदानका कारण देशमा लोकतन्त्र संरक्षण भएको उनको भनाइ छ । सरकारको गुण र दोषका आधारमा दृष्टिकोण बनाउन उनले सञ्चारमाध्यमलाई आग्रह गरे ।

राजनीतिक दल, दलका नेता, राज्य संयन्त्र सबै जिम्मेवार बन्नुपर्छ पोखरेलले भने, “अझ राज्यको चौथो अङ्गका रुपमा रहेको सञ्चार जगत् बढी जिम्मेवार हुनुपर्छ ।”

एफएम रेडियो प्रभावकारी सञ्चार माध्यमका रुपमा स्थापित भएको भन्दै उनले नयाँ सोच र अठोटका साथ काम गर्न आग्रह गरे । देशमा एउटा सरकार बदलिएर अर्को सरकार बनेको नभई देश नयाँ प्रणालीमा गएको बताए । “देशमा ७५३ सरकारका छन्, संविधानले सबैलाई परिभाषित गरेको छ”, उनले भने, “यसलाई संस्थागत गर्नु आवश्यक छ ।”

देशमा परिवर्तन ल्याउनका लागि हाम्रो व्यवहार, आचरण र चिन्तनमा समेत परिवर्तन हुनुपर्नेमा उपप्रधामन्त्री पोखरेलले जोड दिए । संसारमा कहीँ नभएको दुई तिहाइको स्थानीय, प्रदेश र सङ्घीय सरकार नेपालमा भएकाले कतिपयलाई अस्वभाविक लागेको उनले बताए ।

सो अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दाबा दोर्जे लामाले सूचना सञ्चारका माध्यमबाटै देशमा धेरै राम्रा काम भएको बताए । प्रदेश सरकार उत्पादनमुखी अभियानमा लागेको भन्दै युवालाई स्वदेशमै बसेर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस