५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभा माविलाई

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा दानास्थित ज्ञानप्रकाश माविमा शुक्रबार सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता २०७५को उपाधि नारच्याङको प्रभा माविले जितेको छ ।

भलिबल, एथलेटिक्स र कबड्डी बिधाका ३० खेलमा २१७ अङ्क जोडेर प्रभा माविले राष्ट्रपति रनिङ शिल्ड, कप र पदकसहित रु पचास हजार नगद पुरस्कार हात पारेको छ ।

एकसय ५४ अङ्कसहित उपविजेता भएको मुक्तिमार्ग मावि घारले कप, पदक सहित रु २५ हजार तथा ११६ अङ्कसहित तेस्रो स्थानमा चित्त बुझाएको टिकोट मावि हिस्तानले कप र पदकसहित १५ हजार पुरस्कार प्राप्त गरेको स्रोतव्यक्ति भरत पुनले जानकारी दिए । मङ्गलबारदेखि शुरु भएको प्रतियोगितामा १० विद्यालयले सहभागिता जनाएका थिए ।

विजेता खेलाडी तथा विद्यालयलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रतियोगिताका संयोजक तथा कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, प्रमुख प्रशासकीय अधिकृत सन्तोष पौडेल, जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कबड्डीमा प्रभा माविकी गीता थजाली, सर्वोदय माविका रोजन जोहारचन, भलिबलमा ज्ञानप्रकाश माविका निशान पुर्जा र शिख माविका दुर्गा पाइजा, एथलेटिक्समा तीन स्वर्णपदक जितेका हिमाञ्चल माविका खेमबहादुर खोरजा र टिकोट माविका वर्षा फगामीले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । रासस

प्रतिक्रिया दिनुहोस