१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बासुधारामा मकर सक्रान्ति महास्नान मेला लाग्ने

अ+ अ-

डोटी । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ अन्तर्गत रहेको दिल्पेश्वर मठदेखि तल गंगा सेती र गोदावरी नदिको संगम स्थलमा अवस्थित उत्तरबाहिनि बासुधारा पवित्र शिवालय तीर्थ स्थलमा माघ १ गते भब्य रुपमा मकर मेला लाग्ने भएको छ ।

ऐतिहासिक मान्यता अनुसार ‘बसु’ नाम गरेका स्वर्गका प्रसिद् देवताले यस बासुधारा क्षेत्रमा अष्ट लक्ष्मीलाई समेत साथमा ल्याई यस क्षेत्रमा लामो समयसम्म जलधारा गरी त्रेतायुगी अयोध्याका राजा दिलिपले बासुधारा मन्दिरको मुनि रहेका स्नान कुण्ड, पितृ कुण्ड, शाही स्नान कुण्ड, मोक्ष कुण्ड र अन्य कुण्डहरुमा स्नान गरी वर, पर स्थलमा विशेष पुजनादी कार्यहरु गरी हालको दिल्पेश्वर मठलाई निवास स्थान बनाएका थिए ।

यसै गरी गोलोकबाट नन्दिनी नामक गाई ल्याई गाईद्वारा नै दुधको धारा दिइरहेको ठाँउमा जोतिलिङ्ग भेटियो र स्व लिङ्गको पूजा, आराधना गरी यस पवित्र देव भूमिमा बस्दै तपस्या गरी मुक्ति पाएको पौराणिक मान्यताहरु रहेको बुढापाकाहरु बताउन्छन् । भारतको हरिद्वार भन्दा पुरानो तिर्थ स्थलको रुपमा रहेको बासुधारा प्रचार प्रसार अभावका कारण अहिले पछाडी परेकाले यसको ऐतिहासिक महत्व झल्काउने उद्देश्यले मकर संक्रान्ती महास्नान मेलाको आयोजना गरिनलागिएको दिप्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिका अध्यक्ष कर्ण द्धारीयाले बताए ।

उनले भने ‘ विभिन्न देवादी देवहरुको तपस्यास्थल भएको यो पावन भूमिमा गंगा सीता उत्तर तर्फ बहिरिएपछि गंगा उत्तराभिमूखि भइ त्यहा सम्पूर्ण ब्रमाण्डमा रहेका महान तीर्थस्थलहरु पाउन सकिन्छ यसको आफ्नै महत्व छ ‘यस क्षेत्रको बिकास, प्रचार प्रसार र प्रर्वधनका लागि मेलाको आयोजना गर्न लागिएको बताए ।

यही पौष ३० गते राति विभिन्न सास्कृतिक, डेउडा कार्यक्रम हुने र माघ १ गते रथयात्राका साथै संयुक्त रुपमा बैद्धीक मन्त्रका साथ महास्नान गर्ने कार्यक्रम रहेकोले सबैलाई उपस्थितीका लागि अध्यक्ष द्धारियाले सबैलाई आग्रह समेत गरेका छन् । दिप्लेश्वर मठ र बासुधारको पौराणीक महत्व छ यीनीहरुको संरक्षण ,प्रर्वद्धन तथा प्रचार प्रसार अभाबका कारण धेरै वाहिर आउन सकेको छैन विकास र प्रर्वद्धनमा थप सहयोग पुगोस भन्ने हेतुले २०७४ देखि मकर मेलाको सुरुवात हुदै आएको डोटी उधोग बाणिज्य संघ डोटीका महासचिव दिपक बहादुर खडकाले बताए ।

उनले भने ‘यसको ऐतिहास वयान गर्न नसकिने छ प्रदेश नम्बर ७ को प्रमुख धार्मिक एवं पर्यटकस्य क्षेत्र खप्तडको यात्रा गर्दा शुरुमा बासुधारामा स्नान गरी त्यहाँको जल लगेर शैलेश्वरी मन्दिरमा दर्शन गरेर खप्तडको यात्रातय गर्दा सफल हुनुका साथै उत्तर वाहिनि नदि एक मात्र भएकाले यसमा स्नान गर्दा मनले चिताएको धेरै कुरा पुरा हुने गर्दछ ।’

पौराणिक अभिलेखका अनुसार मकर सक्रान्तिका दिन बाईस धारा उत्तर बाहिनि सीता क्षेत्रमा स्नान र पितृकार्य गर्दा मनोकामना पूरा हुने जन बिश्वास रहेको समेत महासचिव खड्काले बताए । महास्नान मेलामा रुद्रि पाठ , कलस यात्रा, डेउडा, भजन कृतन, टीका प्रसाद ग्रहण लगाएतका कार्यक्रम रहेको दिल्पेश्वर मठ बासुधारा क्षेत्र बिकास समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस