१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

अ+ अ-

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।

विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित एलपिजी सिलिण्डर र एलपिजी भल्व, अल्ट्राटेक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्टलाई गुणस्तर चिह्न प्रदान गरेको हो ।

यस्तै, आल्स्टोम सिमेन्ट उद्योगबाट उत्पादित पिपिसी सिमेन्ट, बाल्ट्रा एशोसियट लिमिटेडबाट उत्पादित एलपिजी भल्व, बेकी स्टिल लिमिटेडबाट उत्पादित आइरन बार, दिल्ली एलपिजी भल्वबाट उत्पादित एलपिजी भल्व फिटिङ, ग्यास ड्रोइड इञ्जिनीयर लिमिटेडबाट उत्पादित एलपिजी सिलिण्डर, हरि उद्योग प्रालिबाट उत्पादित एलपिजी रेगुलेटरलाई समेत लाइसेन्स प्रदान गरेको छ ।

विभागले इण्डिया सिमेन्ट लिमिटेडबाट उत्पादित ओपिसी सिमेन्ट, जयपीरेवा प्लान्टबाट उत्पादित ओपिसी सिमेन्ट, प्रभा इलेक्ट्रोनिक उद्योगबाट उत्पादित एलपिजी भल्व, सलोजा स्टीलबाट उत्पादित आइरन बार, सर्वमङ्गलम पेट्रोलियमबाट उत्पादित एलपिजी सिलिण्डर, स्टार सिमेन्ट उद्योगबाट उत्पादित ओपिसी सिमेन्ट, सुप्रिम उद्योग प्रालिबाट उत्पादित कम्पोजिट सिलिण्डर, सूर्यशक्ति उद्योगबाट उत्पादित एलपिजी सिलिण्डर, टाटा स्टीलबाट उत्पादित आइरन बार र टाइम टेक्नोप्लेटबाट उत्पादित कम्पोजिट सिलिण्डरलाई गुणस्तर चिह्न प्रदान गरेको हो ।

यस्तै, विभागले चिनियाँ रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई समेत एनएस चिह्न प्रदान गरेको छ । विदेशी मुलुकले लामो समयदेखि नेपालमा उत्पादित वस्तु तथा उद्योगलाई आफ्नो देशको गुणस्तर चिह्न प्रदान गरे पनि नेपालले उद्योगमन्त्री नवीन्द्रराज जोशी भएपछि मात्र विदेशी वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान गर्न शुरु गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनी विदेशी मुलुकबाट नेपाल गुणस्तर चिह्न लिने उद्योगमा क्रमशः वृद्धि हुँदै गएको बताउछन् । ‘प्रक्रिया पुर्‍याएर एनएस चिह्न लिने विदेशी कम्पनीलाई एनएस चिह्न प्रदान गर्दै आएका छौँ’, उनले भने । विभागले हालसम्म देश तथा विदेशका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित ३६९ प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस