१७ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन कारागार भरतपुरमा तीनगुणा बढी कैदी

अ+ अ-

भरतपुर । चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ । २ सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र ५ आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो ।

महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै हो । महिला कैदीबन्दी गृहमा क्षमताभन्दा चौगुणा बढी राख्नुपरेको कारागारका शाखा अधिकृत तथा जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए । आश्रित ५ बालबालिका पनि महिला कैदीबन्दी गृहमा बस्छन् ।

मकवानपुर जिल्लामा महिला कैदीबन्दी गृह नभएका कारण सबै चितवन ल्याउने गरिएको काफ्लेले बताए । आधा महिला कैदीबन्दी मकवानपुर जिल्लाका मात्रै छन् । ‘लागुऔषध र मानव बेचबिखनका घटना मकवानपुरमा धेरै हुने गरेका छन्, काफ्लेले भने’ ‘त्यस कारण पनि धेरै महिला कैदीबन्दी मकवानपुरबाट ल्याइने गरिएको छ ।’

आर्थिक वर्ष २०७४/७५ मा पुस महीनामा ६०० कैदीबन्दी रहेका थिए । त्यसयता चितवन कारागारले एकैपटक ७०० बढी कैदीबन्दीको भारसमेत थेग्नुपरेको काफ्लेले बताए । विभिन्न अपराधमा मुद्दा खेपिरहेका कैदी तथा बन्दीको सङ्ख्यामा अधिक वृद्धि भएको कारण कारागार सञ्चालनमा समस्या हुनेगरेको उनको भनाइ छ ।

छिमेकी जिल्ला पूर्वी नवलपरासीमा अदालत र प्रशासन भएर पनि कारागार नहुँदा पुर्पक्ष र कैद भुक्तानका लागि कैदीबन्दी चितवनमा नै पठाउने गरिएकोले चाप झन बढेको काफ्लेले बताए । रोग लागेका कैदीको उपचारमा सहज हुने भएकाले अन्य जिल्लाबाट समेत उपचारका लागि कैदीबन्दीलाई चितवन ल्याइने गरिएको छ । पूर्वी नवलपरासीबाट अहिलेसम्म ८९ बन्दी चितवन ल्याइएका छन् ।

कारागारमा सबैभन्दा धेरै जबर्जस्ती करणी मुद्दाका १ सय ५६ जना, लागूऔषध बिक्री तथा प्रयोग गर्नेमा १५० जना, गैँडा मारी खाग बिक्री व्यवसायमा संलग्न १०६ छन् । यस्तै, कर्तव्य ज्यान मुद्दाका ८८, सवारी ज्यान मुद्दाका ४८ चोरी मुद्दाका २७ जना तथा मानव बेचबिखन मुद्दाका ३० कैदी तथा बन्दी रहेका छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार क्षमताभन्दा बढी कैदीबन्दी राख्न पाइँदैन तर, यो मान्यताभन्दा धेरै गुणा बढी बन्दीको कारागार बसाई कष्टपूर्ण बनिरहेको छ ।

प्रतिक्रिया दिनुहोस