२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बसपार्क निर्माण गर्न निःशुल्क जग्गा

अ+ अ-

खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा निर्माण गर्न लागिएको बसपार्कका लागि पाँच स्थानीय बासिन्दाले निःशुल्क जग्गा उपलब्ध गराएका छन् ।

यसै वर्ष निर्माण गरिने बसपार्कका लागि हलेसी तुवाचुङ नगरपालिका–७ का प्रकाशचन्द्र गिरीले तीन रोपनी आठ आना, प्रेमकुमारी गिरीले दुई रोपनी, जीतबहादुर बस्नेतले दुई रोपनी, थीरकुमार बस्नेत र तीर्थकुमार बस्नेतले चार/चार आना जग्गा निःशुल्क उपलब्ध गराराएका हुन् ।

हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्र हलेसी आउने दर्शनार्थीले जथाभावीरूपले सवारी साधन राख्दै आएकाले बसपार्कका लागि आ–आफ्नातर्फबाट लागि करीब रु तीन करोड बराबरको आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नगरप्रमुख इवन राईले बताए । “बसपार्कको अभावमा हलेसीमा बास बस्ने पर्यटकले ल्याएका सवारीसाधन जथाभावी पार्किङ गर्नुपर्ने बाध्यता थियो ।”, उनले भने, “प्राप्त जग्गामा यसै वर्ष बसपार्क निर्माण गरेर लामो समयदेखिको समस्या समाधान गर्नेछौँ ।”

जग्गादाताले हलेसी मन्दिरको उत्तरी क्षेत्रमा पर्ने पात्ले भन्ने ठाउँमा रहेको जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमा गएर नगरपालिकाको नाममा नामसारी गरिदिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट रु तीन करोड बजेट स्वीकृत भएलगत्तै नगरपालिकाले निःशुल्क जग्गा जुटाउन पहल थालेकोे थियो ।

दर्शनार्थीको दैनिक बाक्लो भीड लाग्ने हलेसीमा सुविधासम्पन्न बसपार्क निर्माणका लागि कम्तिमा पनि दश रोपनी जग्गा आवश्यक पर्ने भएकाले थप जग्गाका लागि पहल भइरहेको नगरपालिकाले जनाएको छ । प्राप्त जग्गामा कार्यालय भवन, आवास, कर्मचारी, यात्रु प्रतिक्षालय, शौचालय, धारा, बाथरुम, चमेनागृहगायत संरचना हुने नगरप्रमुख राईले बताए ।

सवारीसाधनको दैनिक बाक्लो चाप लाग्ने हलेसीमा नगरपालिकाले भाडामा जग्गा लिएर अस्थायी बसपार्क बनाएको थियो ।

स्वास्थ्यचौकी भवन शिलान्यास

केपिलासगढी गाउँपालिका–३ बास्पानीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण हुने भएको छ । प्रदेशसभा सदस्य राजन राई र केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले संयुक्तरूपमा बुधबार उक्त भवनको शिलान्यास गरे । अमेरिकी संस्था डिटुएन फाउण्डेशनले उक्त भवन निर्माणका लागि रु ५८ लाख उपलब्ध गराएकामा स्थानीयवासीबाट २० प्रतिशत श्रमदान जुटाइने भएको छ ।

आगामी वैशाख मसान्तभित्र निर्माण गरिने उक्त भवनमा बर्थिङ सेन्टर पनि राखने भवन निर्माण समितिका संयोजक नारायण राईले बताए ।

प्रतिक्रिया दिनुहोस