२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन समितिले लागुऔषध ओसारपसार गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन

अ+ अ-

काठमाडौं । संघीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम गर्नेतर्फ सशस्त्र प्रहरी बलका सबै अधिकृत र जवानलाई परिचालित गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिकी सभापति शशी श्रेष्ठले सशस्त्र प्रहरी सेवामा कार्यरत कर्मचारीको नियमावली अनुसारको वृत्ति विकासका अवसर प्रदान गर्दै सशस्त्र प्रहरी बललाई राज्यले प्रदान गरेको भूमिका प्रभावकारी रुपले निर्वाह गर्ने कार्यमा गृह मन्त्रालयले नीतिगत नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल नेपालले राज्यले दिएको जिम्मेवारीलाई प्रभावकारी रुपमा निर्वाह गर्दै आएको समितिको ठहर छ ।

सोही अवसरमा गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीभित्र देखिएको वृत्ति विकासको सवाल, नियमावली संशोधन, बढुवा र सशस्त्र प्रहरीभित्रको अनुशासनलाई सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सोही अवसरमा समितिका सदस्य झपड रावल, नवराज सिलवाल, यशोदा गुरुङ सुवेदी, राजेन्द्र श्रेष्ठ र देवेन्द्रराज कँडेललगायतले सशस्त्र पहरी बललाई विशेषगरी सीमा क्षेत्रमा खटाउनुपर्नेमा जोड दिए । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राज्यले दिएको जिम्मेवारीलाई सशस्त्र प्रहरी बलले जिम्मेवारीका साथ पूरा गर्दै आएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस