१६ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकाशे पुलको प्रयोग बढाउन कामपाको साताव्यापी कार्यक्रम

अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नागरिकलाई आकाशे पुलको प्रयोग गराउनका लागि सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । गत आइतबारबाट अभियानकै रुपमा शुरु गरेको कार्यक्रमअन्तर्गत आकाशे पुलको प्रयोग प्रवर्द्धन गर्न अभियान थालेको हो ।

आकाशे पुल हुँदाहुँदै मूल सडकबाट आवतजावत गर्दा सडक दुर्घटनाको खतरा बढेपछि अभियान चलाइएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी गराए । कादम्बरी मेमोरियल कलेजका विद्यार्थीको सहभागिता र ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सञ्चालन गरिएको अभियान एक हप्तासम्म रहने छ ।

नियमित काठमाडौँ बस्ने नागरिकका लागिभन्दा पनि बाहिर जिल्लाबाट आउने आगन्तुकका लागि यस किसिमको अभियान शुरु गरिएको प्रवक्ता डङ्गोलले भने । व्यस्त सडक पार गर्नु जोखिमपूर्ण छ भन्ने जान्दाजान्दै सडक पार गर्ने बानीले सडक दुर्घटनाको खतरा बढेको कामपाले जनाएको छ ।

कामपाले यस किसिमको व्यवस्था शुरु गरेपनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे पुल छैन भने भएका पुल पनि मर्मत गर्नुपर्ने अवस्थाप्रति भने कामपाले ध्यान दिएको छैन । गत साउनमा नै कामपाकोे आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण भने पनि अहिलेसम्म तयारी गरेको छैन ।

यस अभियानमा महानगरमा भएका नौवटा आकाशे पुलका हरेक मुखमा विद्यार्थी बस्नेछन् । यसअनुसार उनीहरु २२ स्थानमा रहनेछन् । यसका लागि ५० विद्यार्थी खटिने छन् । महानगरको शहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरका अनुसार यो अभियान हरेक दिन मध्याह्न २ बजेदेखि साढे ४ बजेसम्म सात दिन चल्ने बताए ।

प्रतिक्रिया दिनुहोस