बनियानी । झापाको दुई स्थानमा आगलागी हुँदा १२ लाख बरारबको क्षति भएको छ ।
झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद २० हजार जलेर नष्ट भएको छ ।
त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ । आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।