१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन निती बनाउन ध्यानकर्षण

अ+ अ-

डोटी । जिल्लाका विभिन्न गाउ तथा नगरपालिकाहरुमा भ्रष्टाचार तथा अनियमीतताका घटनाहरु सार्वजनिक भइरहेका बेला डोटी जिल्ला स्थित नागरिक समाजका विभिन्न प्रतिनिधीहरुले दिपायल सिलगढी नगरपालिकालाई सुशासनका निती तथा कार्यविधि बनाउनका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् ।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई नागरिक समाजका तर्फबाट गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले सोमबार ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
स्थानिय तहलाई सुशासनमैत्री, जवाफदेही र भ्रष्टाचारमुक्त बनाउन डोटीका कुनै पनि स्थानिय तहहरुले सुशासनसंग सम्बन्धीत निती तथा कार्यविधि नबनाएको भन्दै अनुरोध पत्र बुझाइएको गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायतले बताए ।

पत्र बुझ्दै नगरप्रमुख मलासीले नागरिक समाजको सजगताले आफुलाई थप गम्भिर बनाएको बताउदै निती, निर्देशिका बनाउन आफु तयार रहेको प्रतिबद्धता ब्यक्त गरेका छन् । नगरप्रमुख मलासीले सेवालाई प्रभावकारी बनाउन तथा जनप्रतिनिधि र कर्मचारीहरुलाई जवाफदेहि बनाउन आफुले विभिन्न पहल गरिरहेको जानकारी दिए । उप प्रमुख शिवराज खड्काले पनि नागरिक समाजले खेलेको भुमिकाको प्रशंसा गर्दै स्थानिय तहहरुको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुझाव सल्लाह दिन समेत आग्रह गरे ।
अनुरोध पत्र बुझाउन पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधी, अगुवा तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो । पछिल्लो समयमा डोटीमा विकास र परिवर्तनका लागि संचार (एफएमडिसी)ले पारस्परिक जवाफदेहिता परियोजना अन्तर गत स्थानिय तहहरुमा सुशासन निती तथा सामाजिक जवाफदेहिताका औजारहरुको कार्यबिधी निर्माण गर्नु पर्ने भन्दै पैरबी गरिरहेको छ । सो परियोजनाले दिपायल सिलगढी नगरपालिका र केआईसिंह् गाउपालिकामा सुशासनको अवस्थाबारे तयार पारेको अध्ययन प्रतिबेदन समेत ध्यानाकर्षण पत्र संगै नगरप्रमुख मलासीलाई हस्तान्तरण गरेको छ ।

यस अघि केआईसिंह गाउपालिका अध्यक्ष लोकेन्द्र शाहीलाई समेत यसै गरी सुशासन निती तथा कार्यबिधी बनाउनु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको थियो । स्थानिय तहहरुलाई २०७४ कार्तिक २८ गतेको उप प्रधानमन्त्री स्तरको निर्णयबाट सुशासन प्रवर्धन रणनिती तथा कार्ययोजना २०७४ अनुसार स्थानीय तहको निती तथा कार्यविधि बनाउन परिपत्र गरिसकेको भएपनि अहिले सम्म डोटीका कुनै पनि गाउपालिका तथा नगरपालिकाले बनाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस