२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमपातका कारण विद्युत् सेवा अवरुद्ध

अ+ अ-

डोटी । गएरातिदेखि परेको हिमपातका कारण डोटीसहित अछाम, र बाजुरामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ ।

दिपायलस्थित विद्युत् सवस्टेसनका प्रमुख भोजबहादुर स्वाँरका अनुसार बाक्लो हिमपातले विद्युत सेवा अवरुद्ध भएको हो । विद्युत सेवा सञ्चालनका लागि दिपायलबाट टोली खटिए पनि अहिलेसम्म अवरुद्ध भएको ठाउँ पत्ता लगाउन नसकिएको बताइएको छ ।

हिमपातले विद्युत्का तार र रुखसमेत ढाकेकाले अबरुद्ध भएको ठाउँ पत्ता लागउ नै सकिएको छैन, सवस्टेसन प्रमुख स्वाँरले भने । आइतबार रातिदेखि डोटीका उच्च लेकाली क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातका कारण यहाँका बासिन्दाको जनजीवन प्रभावित भएको छ । खप्तड, गोलादेउ, नापानी, चर्केको लेक, शिखरधुरा, बडिकदेरा धुरालगायत ठाउँमा बाक्लो हिमपात भएको स्थानीय बासिन्दाले जनाए ।

त्यस्तै अत्तरिया स्याउले जोड्ने भिमदत्तपन्त राजमार्गमा पनि हिमपात भएका कारण सवारी साधन आवतजावतमा समस्या भएको बुडरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ । जिल्लाका उच्च लेकाली क्षेत्रमा अहिले पनि हिमपात भइरहेको छ । हिमपातका कारण स्थानीय बासिन्दा घर बाहिर निस्किन सकेका छैनन् भने गाईबस्तुसमेत गोठभित्रै थुनिएको नापानीका जगत बोगटीले फोनमार्फत जानकारी दिए ।

उनले भने, ‘हिउँले डाँडाकाँडा र जङ्गल छपक्क ढाकेको छ गाईबस्तुसमेत बाहिर निकाल्न सकेका छैनौँ ।’ जिल्लाका उच्च लेकाली क्षेत्र अर्थात् पानी नभएका ठाउँमा हिमपात भएपछि हिउँदेबाली सप्रिने भएकाले किसान भने खुशी छन् । हिमपातका कारण चिसो बढेकाले आफ्नो स्वास्थ्यमा ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस